तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल मिडियाको आयोजनामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउने उद्धेश्य सहित विनर सर्कल फुटसल मेनिया २०२० शुरु भएको छ । खेलाडीहरुलाइ महामारीको कारण मानसिक रुपमा पर्न सक्ने असरलाइ कम गर्न सहयोग पुग्ने ध्येयका साथ उक्त कार्यक्रमकोे प्रथम चरणको कार्यक्रम आइतवार सम्पन्न भएकोे छ । खेल तीन चरणमा सम्पन्न हुने छ ।
कोभिड–१९ ले अस्ट्रेलियामा खेलकुद गतिविधि कम भइरहेका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई सक्रिय बनाउन फुटसल प्रतियोगिता आयोजना गरिएको विनर सर्कल मिडियाका प्रशासकीय अधिकृत रोशन खतिवडाले जानकारी दिए ।
खतिवडाले दोस्रो चरणको प्रतियोगीता अर्काे शनिवार या आइतवारमा आयोजना गर्ने जानकारी दिए । उनले भने, “महामारीको कारण खेलाडी मात्र नभएर सबैलाइ मानसिक रुपमा असर परेको छ, त्यसैले केही मात्रामा भएपनि रिफ्रेशमेन्ट होस भन्ने उद्धेश्यले कार्यक्रम गरेका हौँ”।
पहिलो चरणको कार्यक्रमको गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङ्ले उद्घाटन गरे ।
उद्घाटन पछि बोल्दै गुरुङले खेलाडीहरुकोे मानसिक स्वस्थतालाइ ध्यानमा राखि कार्यक्रम गरिएकोमा आयोजकलाइ धन्यवाद दिए । “खेलकुदजन्य गतिविधिले मानिसलाइ शारिरीक मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ बनाउछ” उनले भने “अझ यस महामारीको समयमा सबैलाइ मानसिक दवाव परेको अवस्थामा खेल आयोजना गनुभएकोमा विनर सर्कललाइ धन्यवाद” । उक्त मौकामा प्रवक्ता गुरुङ्ले आफु र परिवारलाइ नै जोखीम हुने गरी विभिन्न आर्थिक सँग सम्बन्धित जुवा, तथा अन्य अनलाइन गेमहरु नखेल्न पनि आग्रह गरे । उनले हुन्डी मार्फत नेपालीहरु ठगिएको भन्दै यसबाट कारोबार नगर्न र कतै थाहा पाएमा सजग गराउन समेत सबैलाइ अनुरोध गरे ।
उक्त अवसरमा प्रिमो एजुकेशन एन्ड भिसा सर्भिससका निर्देशक द्धोय दिपक केसी र विनोद हमालको पनि विशेष उपस्थिती रहेको थियो ।
जुलाई १ तारिखदेखि अस्ट्रेलियामा खेलकुद गतिविधि केही खुकुलो भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई मानसिक रुपमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रिमो एजुकेशन एन्ड भिसा सर्भिसस टाइटल स्पन्सर रहेको प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो । आइतवारको खेलमा १० समुह बाहिरिएका छन् भने १० समुह दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा उपाधि जित्ने समुहले ट्रफी र मेडलसहित २ हजार डलर नगद पुरस्कार पाउने छ भने उपविजेता समुहले ५ सय डलर प्राप्त गर्ने छ ।
त्यस्तै सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाइ पुरस्कार तथा सहभागी सबै समुहलाइ प्रमाणपत्रकोे व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ११ हजार डलर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।






