सरकारले अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गरेको छ । कोभिड – १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको थियो ।
गत सोमबारको मन्त्रिपरिषद बैठकले दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो । आजबाट उद्धार उडान शुरु भइसकेका थिए ।
उद्धार गरिएकालाई राख्न क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सीसीएमसीले मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न सुझाव दिएको थियो । होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीको पत्रमा उल्लेख छ ।
त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो । तर, त्यसरी कामदार आएर बसने होटल क्वारिन्टिन तय भएपछि तय भएका उद्धार उडानहरु स्थगित गरिएको हो ।
अहिले पनि करिब ८० हजारभन्दा बढी नेपाली विदेशमा उद्धारको पर्खाइमा रहेका छन् । सरकारले उद्धार उडान नै रोकिदिएपछि विदेशमा अलपत्र नेपालीहरु थप समस्यामा पर्ने भएका छन् ।






