काठमाडौं– नेकपाले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै अब उनको स्थानमा को मन्त्री बन्ने भन्नेमा चर्चा सुरु भएको छ ।
नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाललाई मन्त्री बनाउने विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एक सचिवालय सदस्यका अनुसार ढकाललाई मन्त्री बनाउने तयारी गरिएको छ ।
‘पार्टीले तामाङलाई सरकारबाट फिर्ता बोलाउने भएपनि औपचारिक रुपमा राजनीनामा आउन बाँकी छ’, ती सचिवालय सदस्यले भने, ‘उहाँको राजीनामासँगै ढकाललाई मन्त्रीको सपथ दिलाउने गरी तयारी भइरहेको छ। औपचारिक निर्णय आउन वाँकी छ । ’
तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वाचित बनेका हुन् ।
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएपछि विवादमा तानिएका कानुमन्त्री तामाङलाई नेकपाले फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर तामाङले राजीनामा दिएको घोषणा गर्ने बताइएको छ ।
उनले दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्बोलनको आयोजना गरेका छन् ।






