लण्डन । तमु धिं लण्डन इकाईले यस बर्ष फरक शैलीमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । यस अघि भौतिक रुपमै देउसी भैलो खेल्ने गरिएपनि यस बर्ष कोरोनाभाइरस महामारीको कारण घरघरमै पुगी भैलो खेल्न सम्भव नभएको कारण अनलाइन जुम मार्फत नै भैलो खेलिएको हो ।
भिडियो जुमको मध्यमबाट विशेष कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्दै खेलिएको भैलोबाट ४ हजार ५ सय पाउण्ड रकम जम्मा भएको संस्थाले जनाएको छ ।
आफ्नो पराम्परा र संस्कृतिलाई विदेश भुमीमै रहेपनि जगेर्ना गर्नुपर्छ भन्ने मान्यता सहित उक्त कार्यक्रम गरिएको संस्थाका महासचिब भरत गुरुङले बताए ।
“कोभिड १९ कोे कारण प्रत्यक्ष भैलो खैल्न सकिएन, त्यसैमाथि बेलायतमा कोरोनाको दोस्रो लहर चलिरहेको छ,” गुरुङले भने, “परम्पराको निरन्तरता मात्र नभएर संस्थाको आर्थिक वृद्धि गर्नकै लागि भएपनि अनलाइनबाट भैलो खेल्यौँ।”

उनले लक्ष्मी पुजाको दिन देखी भाईटिकाको साँझ सम्म खेलिएको भैलोमा तमु धि युकेका अध्यक्ष, उपाध्यक्ष लगायत तमु धि लण्डन इकाईका विभिन्न पदाधिकारी र आमा समुहबाट शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
आमा समुहकी कोषाध्यक्ष बिनु गरुङ र महासचीव हेलिसा गुरुङले उक्त भैलोको संयोजन गरेका थिए । कार्यक्रमलाई पूर्णता दिन संस्कृति सचिव कुमार गुरुङ, आमा समुहका अध्यक्ष दिलमाया गुरुङ, कार्यसमिती सदस्य रक गुरुङले विशेष भुमिका खेले ।
तमुधिं लण्डन इकाईको भाईवर र जुम मार्फत खेलिएको उक्त देउसी भैलो कार्यक्रमको सबैले प्रशंसा व्यक्त गर्दै सहभागिहरुले खुलेर नगद सहयोग गरेका थिए ।
यस बर्षको भैलोमा समाजका ट्रष्टी एवं सल्लाहकार डेबिड गुरुङ्गको आमाको निधन भएको कारण उपस्थित हुन असमर्थ रहे । उक्त शोकको घडीमा इकाईले दुख व्यक्त गर्दै शोक समेत प्रकाट गरेको छ ।
बेलायतमा नेपाली समुदायमा उदाहरणीय समाजको रुपमा स्थापित भएका यस समाजले यस अघि नेपाली समुदायको हकहित तथा सांस्कृतिक सम्पदाको संरक्षणमा उल्लेखनीय भूमिका खेल्दै आएको छ ।






