लण्डन । नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी ) यूकेले यो बर्ष २०२५ को समर यात्रा सी साइड ट्रिप -*Camber Sands Beach बीचमा लगेर सम्पन्न भएको छ । एनबिसी यूकेले ‘सी साइट’ एकदिने सामुन्द्रिक भ्रमण सम्पन्न गरेको हो ।
बेलायतमा रहेका नेपालीहरुको जमघट गराई पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले कुम्युनिटीले बिगत १३ वर्ष देखि प्रत्येक वर्ष विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक सी साईट ट्रिप गर्दै आइरहेका छन् ।
यस वर्ष जुलाई १२ शनिवारका दिन वेष्ट लण्डनको साउथ ह्यारोबाट सी साईटका लागि ४ कोच,नर्थोलट बाट १ कोच र लेङ्गली बाट १ कोच गरी ६ वटा कोच छुटेका थिए । भने अरु आफ्नो परिवार बोकेर कार मै पुगेका थिए ।
बीचको समुन्द्रमा ४ सय नेपालीले यात्रा गरिएको आयोजक एनबिसी-यूकेका कोअर्डिनेटर समिर प्याकुरेलले लण्डन नेपाल न्युजलाई बताए ।
कम्युनिटीका कोअर्डिनेटर प्याकुरेलले एनबिसी-युके परिवारले स्थानिय नेपालीहरुको जमघट गराउने, एक-आपसमा भावना साटासाट गर्ने, पारिवारिक भ्रमण तथा बेलायतमा जन्मेका आफ्ना बालबालिकाहरुलाई नेपाली कला संस्कृतिबारे जानकारी गराउने उद्धेश्य रहेको बताए।

सी साइड ट्रिपमा कोचमा यात्राका क्रममा समेत विभिन्न मनोरञ्जन कार्यक्रमहरु नाचगान, मुक्तक, चुटकिला, कविता, तथा अन्य कार्यक्रमहरुका साथसाथै समुद्री किनारमा पनि नाचगान सहित खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमहरु गरिएको थियो ।
कार्यक्रममा कोच लिडरहरूको भुमिका संस्थाका कोअर्डिनेटर समिरनाथ प्याकुरेल, बसन्त नेपाल,खेम राज जोशी, प्रकाश न्यौपाने, कमल राज खनाल, श्याम कृष्ण कोइरालामा लिडर थिए। 



























