सोंपल समाज यूकेले बिशेष कार्यक्रम गर्दै भब्य रुपले मनायो समर भेटघाट

लन्डन ।सोंपल समाज यूकेले आफ्नो सस्थाको बिशेष कार्यक्रम गर्दै भब्य रुपले समर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रिनफोर्ड पोस्ट अफिस क्लबमा १२ जुलाई शनिबार समाजका अध्यक्ष जगदीश गुरुङको अध्यक्षतामा समर बीबीक्यू तथा भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।

समाजका अध्यक्ष जगदीश कुमार गुरुङ, प्रमुख अतिथि बिष्णुकुमारी गुरुङ (वर्ष ८७), आमा अध्यक्ष मनदेवी गुरुङ, संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ र संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

प्रमुख अतिथिलाई सम्मान स्वरूप अध्यक्ष तथा आमा अध्यक्षले पुष्पगुच्छा, सवल, खादा साथै सम्मानपत्रद्वारा सम्मान गरेका थिए । उनको जीवनी माइला भाइ सोपाल समाज काठमाडौँका भूपूअध्यक्ष देउबहादुर गुरुङले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिनन्दको क्रममा विवाह बन्धनमा बाँधिएका जोडीहरू, नयाँ घर खरिद गर्नेहरु, पदोन्नति, बाल बच्चा जन्मिएका, शिक्षासम्बन्धी आदि विषयहरूमा प्रगति गर्ने सदस्य र उनीहरु छोराछोरीहरुलाई प्रमुख अतिथि, समाजका अध्यक्ष, आमा अध्यक्षले खादा, फूल, फेटा लगाइ दिएर सम्मान, बधाई दिएका थिए ।

औपचारिक कार्यक्रमपश्चात् बाहिर मैदानमा विभिन्न खेलकुद कार्यक्रम राखिएको थियो । खेलकुद सचिव भिमबहादुर गुरुङद्वारा सञ्चालित खेलहरुमा चम्चा रेस, युवाहरूका लागि १०० मिटर रेस, हेन्ड सिग्नल, लेडिजहरुका लागि म्युजिकल चेयर, पुरुषहरुका लागि छेलो फfल्ने रहेका थिए ।

अन्तिम खेल फुटबलमा लन्डन भित्र र लन्डन बाहिरको टिमहरुबीच रोमाञ्चक भिडन्त भएको थियो । लन्डन टिम विजेता बनेको थियो र सोपाल समाज यूकेले रनिङ्ग कप उचालेको थियो ।

खेल संचालनका लागि संस्थाका भूपू अध्यक्ष क्या. प्रेमबहादुर गुरुङ, क्या.मोहन गुरुङ, उपाध्यक्ष भरत गुरुङ , धनबहादुर गुरुङ, ओमकार गुरुङले मद्दत गरेका थिए भने समाजका अध्यक्ष जगदीश गुरुङ, कार्यक्रम संयोजक कमला गुरुङ र आमा अध्यक्ष मनदेवी गुरुङले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा सांगीतिक मनोरञ्जन थियो । उक्त कार्यक्रम सांस्कृतिक सचिव सिर्जना गुरुङले आकर्ष तरिकाले सञ्चालन गरेकी थिइन् । सुरुमा स्थानीय युवा कलाकारहरुलाई मञ्च प्रदान गरिएको थियो । संस्थापक उपाध्यक्ष पार्वती गुरुङ तथा जुम बहादुर गुरुङका नातिनी सारंगी गुरुङद्वारा उत्कृष्ट नाच कला प्रस्तुत गरेकी थिइन् भने सबैले अति मन पराए । यस्तै सदस्य सुजन गुरुङले सुमधुर आवाजमा मिठो गीत प्रस्तुत गरेका थिए भने उनकै दिदीहरूद्वय दिपा र युद्धाबाट उत्कृष्ट नाच प्रदर्शन भएको थियो । सोपाल समाजका सदस्य राजेन्द्र गुरुङकी छोरी जेनी गुरुङको एकल गीत प्रस्तुति सुन्नलायक थियो । सानै उमेरमा पनि त्यो प्रतिभा देखेर सबैले स्याबासी दिएका थिए ।