एनआरएन मकाउको साधारणसभा सम्पन्न

मकाउ । गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउको १० औ वार्षिक साधारणसभा सकिएको छ । साधारणसभा एक भब्य कार्यक्रमकाबीच भब्य रुपमा सम्पन्न भएको एनसिसी अध्यक्ष शान्तिदवी अधिकारीले जानकारी गराइन् ।

अधिकारीका अनुसार साधारणसभामा एनआरएन हङकङ संस्थापक अध्यक्ष त्रिलोक गुरुङ, हङकङ अध्यक्ष राधिका गुरुङलगायतको ब्यक्तिहरुको सहभागिता थियो । सो अवसरमा एनसिसी स्थापनाकालदेखि अहिलेसम्मका अध्यक्षलाई सम्मान गरिएको थियो ।