लन्डन ।बेलायतको मिडल्याण्ड स्थित नेपाली समाज नटिंघमले नेपाली मेला “मिडल्याण्ड” भब्य रुपले गर्ने तयारी गरेको छ ।
आगामी ११ अगस्टमा मेलवोर्न पार्क नटिंघममा हुने मेला बृहत् बनाउने गरी तयारी अगाडि बढाएको समाजका अध्यक्ष रामप्रसाद पन्थीले लण्डन नेपाल न्युज लाई बताए ।उनले भने, सघं सस्थाको सहभागिता रहने गरी विभिन्न मनोरञ्जनात्मक आकर्षणसहित नेपालको राष्ट्रिय खेल भलिबल लगायत फुटबल, कबड्डी, घैंटो, लठ्ठो तान्ने लगायत राष्ट्रिय कलाकारको प्रस्तुति, खानाका स्टलहरू नेपाली कला कौशलताका स्टलहरू, पञ्चेबाजालगायत आकर्षक पुरस्कार रहनेगरी भव्य रूपमा तयारी गर्दैछौं ।’
मेला थप प्रभावकारी र सफल बनाउन सन्तोष रेग्मी अध्यक्ष कोभेन्ट्री समाज, नारायण फुयाँल, गोविन्द सापकोटा कोभेन्ट्री, शशांक शर्मा, दुर्गा सापकोटा नटिङहम, हरी भट्टराई, ओमन फाउन्डेशन नटिङहम, रमेश खनाल कोभेन्ट्री लगायतलाई जिम्मेवारी तोकिएको छ
कार्यक्रमलाई भव्य सफल पार्न बेलायतमा रहेका नेपाली समुदायलाई संस्थाको ब्यानर सहित सहभागी हुन अध्यक्ष पन्थी र महासचिव वीरेन्द्र खड्का (रेशम)ले आग्रह गरेका छन्।
सन् २००९ मा स्थापना भएको नेपाली समाज नटिंघमले नेपाली कला संस्कृतिको जगेर्ना र संरक्षण गर्दै लगातार रूपमा क्रियाशील छ ।






