लण्डनको गोल्डेनसीपमा चर्चित गायक बालचन्द्र बराल शर्मिला बीसीले अगष्ट १ मा विशेष प्रस्तुति दिने

लन्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका कलाकारद्वय लोकदोहोरी क्षेत्रमा चर्चित कलाकारहरू बालचन्द्र बराल, शर्मिला बीसीलाई साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टको सभाहलमा स्वागत, सम्मान सहित सांगीतिक साँझ गरिने भएको छ ।

लन्डनस्थित ‘गोल्डेनसीप दोहोरी नाइट  कार्यक्रम आगामी अगष्ट १ तारिख,सुक्रबार साँझ ह्यारोस्थित रेस्टुरेन्ट परिसरमै आयोजना हुने छ ।

कार्यक्रमका आयोजक देव गुरुङले यस सांगीतिक साँझमा लोकदोहोरी क्षेत्रमा चर्चित कलाकारहरू बालचन्द्र बराल, शर्मिला बीसी लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने जानकारी दिए ।

बेलायतमा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जन र सांस्कृतिक जगेर्ना दुबैको उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमलाई सफल बनाउन आयोजक गुरुङले अपिल गरेका छन् ।

गायक बालचन्द्र बराल नेपाली लोक दोहोरी संगीत क्षेत्रका एक सफल र चर्चित कलाकार हुन्। उनले विशेषगरी-लाईभ दोहोरी-युट्युब लगायत डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै लोकगीत र दोहोरी प्रेमीहरू माझ लोकप्रियता कमाउन सफल भएका छन् ।

शर्मिला बी.सी. लाई “सियारी स्वरकी लोक–दोहोरीकी महारानी” भन्ने गरिन्छ । उनको सुमधुर र संवादात्मक प्रस्तुतीले नेपाली सांगीतिक समुदायमा बलियो उपस्थिति रहेको छ ।

सबै सबै लाई सांगीतिक साँझमा भरपुर मनोरंजनका लागि उपस्थित भै दिन कलाकारद्वयले निमन्त्रणा गरेका छन् ।