नविन पाण्डेयको मर्मस्पर्शी एल्वम “तिमीलाई नै सम्झिएर” बजारमा, (भिडियो सहित)

लिस्बन । स्याङ्जा जिल्ला जन्मथलो भई विगत एक दशकदेखी साँगीतिक क्षेत्रमा समय खर्चिएका नविन पाण्डेयले नया साँगीतिक कोसेली बजारमा ल्याएका छन् । हाल पोर्चुगलमा रहेका उनले तिमिलाई नै सम्झिएर नामक मर्मस्पर्शी गीत बजारमा ल्याएका हुन् ।

उक्त गीतको स्वरमा पाण्डेयलाई मुना थापा पचभैयाले साथ दिएकी छिन् ।। भने शब्द सिर्जना कृष्ण न्यौपानेले गरेका छन् । नविन पाण्डे “हरी “को लय रहेको उक्त गीतीएल्बमको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छिन् ।। बिमल अधिकारी , सुस्मिता सापकोटा र एड्रीना पन्तले अभिनय गरेको म्युजिक भिडियो नविन पाण्डे्ेय हरि नामक उनकै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

उनका दर्जनौ एल्बमहरु बजारमा छन् । जस्तै शिरफूल खस्यो भुईमा, माफ गरिदेउ मलाई, कलाकार लगायतका गीतहरु अत्यन्तै चर्चाको शिखरमा पुग्न सफल भएका थिए । गायक पाण्डेले सम्पुर्ण दर्शक स्रोतालाई आफ्नो युटुब च्यानल सस्क्राईब गरी नयाँ गितको बारेमा सुझाब सल्लाह समेत दिन आग्रह गरेका छन् ।

हेरौ भिडियो ।