डब्लिन । कर्क नेपाली समाज आयरल्याण्डले सोमबार सांझ नेपाली नयां वर्ष-२०७५ समारोह आयोजना गरेको छ । कोर्क डग्लस स्थित कोलम्बस हलमा आयोजित उक्त समारोहमा नेपाली तथा आईरिस नागरिकको उत्साहजनक उपस्थिति रहयो ।
कार्यक्रममा प्रमुख अतिथी गैरआवासीय नेपाली सघ आयरल्याण्डका अधक्ष्य नवराज कोईरालाले नयां वर्ष शुभकामना दिंदै कोर्क नेपाली समाजका कार्यहरुको प्रसंशा गर्नु भयो र समाज सङ्ग सहकार्य गर्न गैरआवासीय नेपाली सघ आयरल्याण्ड सदैव तयार रहेको जानकारी गराउनु भयो । तेसै गरी विशेष अथिति को आसनबाट मन्तव्य राख्नु हुदै नेपाली जन सम्पर्क समीतीआयरल्याण्डका सभापती एवं गैरआवासीय नेपाली सघ आयरल्याण्डका पुर्व अधक्ष्य तथा वर्तमान समरक्षक शुक्रराज न्यौपानेले कोर्क नेपाली समाजको स्थापनाको समयमा आफुले देखेको सपना स्मरण गर्दै आज आयरल्याण्डमा सकृय नेपाली समाज मध्य एक उत्कृष्ठ समाजको स्थान बनाउन सफल भयकोमा समाजको अग्रगतीको मुक्तकण्ठले प्रसंशा गर्दै आफूले आयरल्याण्डमा रहेर प्राप्त गरेको सामाजीक प्रतिष्ठा एवं प्रगतिमा कोर्क नेपाली समाजको महत्वपुर्ण भूमिका रहेकोकुरा बताउनु भयो।
अर्का विशेष अथिति एवं गैरआवासीय नेपाली सघ आयरल्याण्डका पूर्व अधक्ष्य तथा आई सी सी सद्स्य राजन काफ्लेले नेपाल कला र संस्कृतिमा धनी देश भएको स्मरण गर्दै यस्ता कार्यक्रमहरुले आफ्नो बहुसांस्कृतिक बीभीत्तताको बारेमा जानकारी गराउने तथा भर्खरै हुर्कदै गरको दोश्रो पुस्ताका नेपाली समुदायले सिक्ने अवसर प्रदान गर्ने बताउनु भयो । कोर्क नेपाली समाजका अध्यक्ष टेकनारायण पौडेलले नेपाली तथा विदेशी अतिथीहरुप्रति शुभकामना र सहभागिता जनाएकामा आभार व्यक्त गर्दै आफ्नो संस्थाले स्थानीय समुदाय र नेपाली समुदायबीच एकता अभिवृद्धि एवं नेपाली संंस्क्रितिको जगेर्नागर्न भूमिका निर्वाह गरिरहेको बताए । कम्युनिटीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विजय साहीनीले स्वागत मन्तव्य दिंदै शुभकामना बांडे । कम्युनिटीका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार बसन्त न्यौपानेले संस्थाको पुरानो इतिहासबारे अवगत गराए ।
कार्यक्रममा नेपाली राष्ट्रीयगान बाट अतिथीहरुको स्वागत गरेको थियो ।भिबिन्न स्थानीय कलाकारहरु द्वारा प्रस्तुत सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता ल्यायो । स्थापीत कलकार गायक ज्ञानसिङ् पुनको आफ्नो प्रस्तुतिले नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई नचाउनु भयो । तेसैगरी गायकहरु रिदम राई , प्रशान्त गुरुङ , अभिमंसु मगर को गायनका साथ कलाकार मिना खत्री सीमा सुवेदी, ज्ञानु मगर , कञ्चन , वेनु , कमला, सोफिया, साजीयको नृत्यले उपस्थित सबैलाई भरपूर मनोरञ्जन प्रदान गरको थियो । विवेक रिमाल, कृष्ण जी सी ,लगायतका सदस्यले साउंड सिस्टम सम्बन्धीत कुशल ब्यवस्थापन गर्नु भयो ।
समाजकि सदस्य ज्ञानु मगरले औपचारिक कार्यक्रम सञ्चालन गरेकी थिईन । कार्यक्रममा कलाकारहरुलाई प्रशंसा पत्र एव मायाको चिनो प्रदान गरिएको थियो । उक्त समारोहमा नेपाल सरकारका पूर्व छेत्रीय स्वास्थ्य निर्देशक वालकृष्ण भुषाल , गैरआवासीय नेपाली सघ आयरल्याण्डका उपाध्यक्ष लोकनाथ त्रिपाठी , सचिव विवेक सापकोटा, महिला सम्यौजक अन्जु काफ्ले , कोर्क सम्यौजक श्रीकृष्ण भण्डारी कोर्क समाजका अग्रज धन बहादुर खत्री , दुर्गा सुवेदी , बसन्ती आले लगायतका महानुभावहरु लगायत सयौंको उपस्थिति थियो ।










