पत्रकार महासंघको प्रदेश निर्वाचनमा सहमति

काठमाडौं– नेपाल पत्रकार महासंघको यही वैशाख २२ गते हुन गइरहेको प्रदेश स्तरीय निर्वाचनको सन्दर्भमा प्रमुख तीन संगठन प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सहमति भएको छ ।

देशभर क्रियाशील आमपत्रकारबीच आपसी सहमति गराएर सहकार्य गर्दै निर्वाचन प्रणालीलाई सर्वसम्मत रुपमा सम्पन्न गर्न तीन संगठनले सहमति गरेका हुन् ।

तीनवटै संगठनले निर्वाचनमा सवै पक्षलाई समेटदै महासंघलाई साझा चरित्र प्रदर्शन गर्ने निर्णयसमेत गरेका छन् ।

तीन संगठनबीचको सहमतिअनुसार कुल सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेश रहेकोमा प्रेस चौतारीले ५, प्रेस सेन्टरले ३ र प्रेस युनियनले २ वटा प्रदेशको नेतृत्व पाएका छन् ।