पोर्चुगलको कथा: प्रेमिका हुदै श्रीमती बनेकी सुनिता अर्कै संग लागेपछि

लिस्बन/पोर्चुगल,

तपाइले श्र्रिमान विदेश गएपछि नेपालमा रहेका उनका श्रिमतिहरुले गर्ने हर्कतको बारेमा बेलाबेलामा समाचारमा पढदै तथा सुन्दै आउनुभएको छ । कमाउन गएका श्रिमानलाई छाडेर अर्कै संग लाग्ने तथा कमाइनै लिएर अर्कै संग भाग्ने घटनाहरु हाम्रो समाजमा कुनै ना्ैला होइनन ।तर यो क्रम स्वदेशमा मात्रै होइनन प्रवाशमा पनि उत्तिकै मात्रामा देखिएको छ । पछिल्लो समय यो वेतिथि पोर्चुगलमा देखापरेको छ । युरोपका विभिन्न देशहरुमा घरेलु कामदारको रुपमा नेपालि युवतिहरु ऋाउने र युरोपको कागज बनाउने सपना स्वरुप पोर्चुगल छिर्ने गरेका छन । अनि उतै अर्के सित बस्ने र नेपालका आफनै श्रिमानलाई छाडिदिने गरेको घटनाहरुले देखाएको छ ।

सप्तिरका सचिन शर्मा र सिन्धुलिकि सुनिता तामागंको ३ वर्ष अघि कानुनि रुपमा विहे भयो। विहे पुर्व उनिहरु प्रेम प्रेमिका रहेका थिय । जिन्दगिका हरेक शुख दुख एक आपसमा बाडथे ।एक दिन गफ भएन भने दुवैलाई खटपटि छुटथ्यो । तर उनिहरुले आफनो प्रेमलाई घरको सल्लाहमा धुमधाम संग विहे गर्न भने पायनन । घरमा सुनिताको अर्कै केटासंग विहे गरिदिने भनेपछि दुवै जना भागेर पोखरा गए । केहि बसाइपछि भने सुनिताको बुवा आमा राजिभए र टिकोटालो गरिदिय । त्यसपछि भने माइति र आफनो घर तर्फको सम्बन्ध निकै राम्रो रहेको सचिन बताउछन । sachin1[1]

सुनिता भन्दा गरिब परिवारका सचिनले एनसेलमा डाटा रेकर्डर विभागमा जागिर खाएका थिय । पछि कम्पिनकै कारण उनको जागिर छुटयो । दुवैको सल्लाह अनुसार सुनिता अपपेयर भिषाको लागि जर्मनि आउने योजना बन्यो र काठमाडौको एक कन्सलटेन्सि मार्फत प्रक्रिया सुरु गरे । सुनिताको भिषा लाग्यो । सुनिता घरेलुकामदारको रुपमा जर्मनि आइन । सचिनका अनुसार जर्मनिमा रहुन्जेल प्रत्येक दिन उनिरुको कुराकानि स्काइप भाइवरमा भइराख्ने गरेको थियो । ‘सुनिता गफ गर्दा पनि रोइराख्थिन म सम्झाउथे ।तर हाम्रो सम्बन्धमा एक्कासि दैवको आखा लागिहाल्यो ।’सचिन भावविहोल बने ।

जर्मनिमा सुनिताको भिषा समाप्तिको अन्तिम समय संगै उनि पोर्चुगल हानिइन । पोर्चुगलमा साथिहरु कागज बनाउन सजिलो हुने भन्दै श्रिमान सचिनकै सल्लाहमा उनि त्यता लागिन । तर सोझो सचिनलाई के थाहा आफनै श्रिमतिले धोका दिएर अर्कै संग जान्छिन भन्ने कुरा । पोर्चुगल भएपछि भने सुनिताले सचिन संग राम्रो संग कुरा गर्न खोजिनिन । झर्केर बोल्ने झगडा गर्ने कार्य दिनहु गर्न थालिन । यता सचिन भने सुनिताको यस्तो बानिले हैरानिमा परे तर सम्झनउन छोडेनन ।

एकदिन सचिनले मोवाइलमा ड्रप बक्स खोले । तर ड्रप बक्समा उनले नसोचेको कुरा पाय । आफनै प्रेमिका जो उनले जिन्दगिभरि खुसिसाथ अगाडि बढने चाहेका उनै अर्कै संग सम्बन्ध गासिसकेछिन । पोर्चुगलमै अर्कै केटासंग नया श्रिमान बनाएर बसेकि रहेछिन । त्यसपछि सचिन छागांबाट खसेजस्तै भए । जिन्दगिमा बाच्नु भन्दा मर्नुनै उत्तम ठाने । ‘म मर्न भनेरनै सिलिगंमा रहेको पंखामा डोरिले बाधिय तर मर्न सकिन | मिति सकियका औषधि सेवन गरे कालले मलाई लैजान सकेन ।’ सचिनले आफनो दुखसो सुनाय । अहिले सुनिता नवलपरासिको सुरज रिमाल संग बसेरहेकि छिन।

पोर्चुगलको पोर्तोमा रहेका सचिनका साथि निरज खरेलका अनुसार उनिहरुको वैवाहिक नाता गासिइसकेको दावि उनिहरुले गर्दै आएका छन । खरेलको सम्पर्कमा न त सनिता आउन खोज्छिन त न सुरज नै । यता सचिन भने तिनै निस्ठुरि आफनै श्रिमति सुनितालाई छुटाउन खोजिरहेका छन । त्यहा स्थित सबै संघसस्थाहरुलाई सुनितालाई नेपाल फर्काइदिन श्रिमान सचिनले आग्रह गरेका छन ।

यसबारेमा पोचुगलमा रहेका संघसस्थाका प्रतिनिधिलाई बुझन खोज्दा आफुहरुले गर्न ग्राहो हुने बताय । नाम नलेख्ने सर्तमा नेपालि संस्थाका एक ब्यत्तिले भने’पोर्चुगलमा सुनिता तामागं जस्ता थुप्रै युवतिहरु रहेका छन जो आफना श्रिमानलाई छाडेर यतै लापत्ता छन । यहिका ठुलाबडा भनिने नेपालिहरु यसबाट अछुतो हुन सकेका छैनन । (लुम्विनी अनलाईन डट कमबाट)