फागुन ७ मा सदाबहार अभिनेत्रीको उपमा पाएकी करिश्मा मानन्धरको फिल्म ‘फागु’ रिलिज हुँदैछ । राजधानीमा कार्यक्रम गर्दै फिल्म ‘को आफ्नो’ सोही मितिमा रिलिज हुने जानकारी गराइयो । जसले गर्दा करिश्माको ‘फागु’लाई ‘को आफ्नो’ लिड अभिनेत्री ऋचा शर्मा चुनौति बन्ने देखिएको छ ।
यसअघि अमेरिकामा भब्य प्रिमियर गरिएको ‘को आफ्नो’ले अमेरिकन दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाएको थियो । हालसम्मका सबै फिल्मभन्दा पृथक भूमिकामा देखिएकी ऋचाको अभिनयको चौतर्फी तारिफ अमेरिका प्रिमियरमा भएको थियो ।
करिश्मा मानन्धर तथा विनोद मानन्धरले १२ बर्षपछि निर्माणमा हात हालेर बनाएको ‘फागु’मा शिल्पा पोखरेल र सुबास पराजुली लिड रोलमा छन् । केहि हप्ता पहिले राजधानीमा गरिएको कार्यक्रममा मधेसी मुलको पारिवारिक कथा तथा प्रेम कहानी बोल्ने यो फिल्मबाट करिश्मा निकै आशाबादी देखिएकी थिइन् ।






