लिस्बन।
युरोपमा कोरोना भाइरसको दोश्रो लहर आएसंगै पोर्चुगलमा पनि दिनहु संक्रमित र मृतकको संख्या वृद्धि भईरहेको छ। मार्च महिनामा कोरोनाको संक्रमित फेला परेयता पोर्चुगल कोरोनाको रोकथाममा युरोपमै सबल देखिएको थियो। कोरोनाको दोश्रो लहर आएसंगै अक्टोबरको शुरुवातीबाट नै दिनहुँजसो संक्रमित र मृत्यु दरमा नयाँ रेकर्ड ब्रेक हुदै आएको छ।
पछिल्लो २४ घण्टामा पोर्चुगलमा ४२२४ संक्रमति फेला परेका छन् भने ३३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन। संक्रमितको यो संख्या पोर्चुगलमा अहिलेसम्मै उच्च हो। यो संगै संक्रमितको कुल संख्या एक लाख ३२ हजार ६१६ पुगेको छ। त्यस्तै हालसम्म २ हजार ४२८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
संक्रमितहरुमध्ये एक हाजर ८३४ को अस्पतालमा उपचार भईरहेको छ। ति मध्ये २६९ को अवस्था चिन्ताजनक रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा हाल ५४ हजार ४८६ जना कोरोनाक सक्रिय बिरामी रहेका छन्। पछिल्लो २४ घण्टामा एक हजार ७०१ जना निको भएका छन्। यो संगै हालसम्म रिकभर हुनेको संख्या ७५ हजार पुगेको छ।
कोरोनाको पहिलो लहर भन्दा दोश्रो लहरमा बढी नेपाली संक्रमित : – पोर्चुगलमा कोरोनाको पहिलो लहर भन्दा दोश्रो लहरमा बढी नेपाली संक्रमित भएका खबरहरु बाहिर आएका छन्। कोरोनाको पहिलो छालमा अप्रिल मे महिनातिर करिब एक सयको हाराहारीमा नेपाली संक्रमित भएको तथ्यहरु बाहिरिएको थियो। त्यतिबेला बिशेष गरेर श्रमिक बर्गका नेपालीहरु संक्रमित भएका थिए।
कोरोनाको दोश्रो लहरमा हाई ड्राइभ नेपालीहरु बढी संक्रमित भएका छन्। २०० भन्दा बढी नेपालीहरु संक्रमित भएको विभिन्न श्रोतहरुबाट समाचार प्राप्त भएता पनि हाई ड्राइभ नेपालीहरु बढी संक्रमित भएकाले सबै चुपचाप छन्।






