नेपाली लोक दोहोरीमा आफुलाई स्थापित गराउनका लागि संघर्षरत गायिका हुन शान्ती श्री परियार । उनी सधै आफ्नो श्रीमानले देखाएको बाटोमा हिड्ने गरेको बताउछीन् । नारीका लागि आफ्नो घर परिवार भन्दा अरु केही ठुलो नहुने बताउने यिनै गायिका संग स्वस्तिका चिलुवालले गरेको कुराकानी
केमा व्यस्त हुनुहुन्छ आजभोली ?
गित संगितमानै व्यस्त छु , कहिले कार्यक्रममा हिड्छु , कहिले रेकडीड.मा यसरीनै बितीरहेको छ ।
कति बर्ष भयो तपाई गित संगितमा लाग्न भएको ?
संघर्ष गर्न लागेको त छ सात बर्ष भयो । मिडियाले चिन्न थालेको चाही तिन बर्ष भयो ।
यो बर्षचाही तपाईलाई फापेको हो ?
फापेको नै भन्नुपर्छ राम्रै भएको छ क्यारे ।
किन होला ?पशुपति शर्मा संग गित गाएर होकी अन्य केही कारणहरु पनि छन् ?
म आफैले पनि संघर्ष गरेर ठिक ठिकै भईरहेको थियो । त्यसमा चाही अलिकती मसला थप्ने काम पशुपति शर्मा संग काम गर्दा नै भयो । उहाँ संग गित गाए पछि राम्रै भईरहेको छ । त्यसपछाडी धेरै गितहरु गाउने मौका पनि पाएको छु ।
स्टेज कार्यक्रममा पनि यो बर्ष चाही निकै भ्याउनु भयो, त्यो संगै प्रतिक्रियाहरु पनि आए होलान नि ?
स्टेज कार्यक्रम भनेको लाईभ कार्यक्रम भयो क्यारे । त्यसमा पनि दर्शकहरु मैले प्रस्तुती दिएको कार्यक्रममा खुलेर नाच्नुहुन्छ । हामिलाई पनि गित गाईरहदा दर्शक नाच्नुभयो भने खुसि लाग्छ । म हरक्षण सभ्य कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिने कोशिसमा हुन्छु ,दर्शकबाट पनि राम्रै प्रतिक्रिया आउने गरेको छ ।
तपाई आफै पनि गित निकाल्नु हुन्छ , को संग काम गर्दा चाही सहज लाग्छ ?
मैले धेरै संग काम गरिसकेको छु । एकतर्फी मायामा शिव हमाल दाई ,कुलेन्द्र बिक दाईले पनि राम्रो सर्पोट गर्नुभयो । कोही संग काम गर्दा पनि मलाई अप्ठ्यारो फिल भएको छैन् । गाईलाई दाम्लो माछीलाई फुर्लंगोमा मिलन दाईसंग काम गरे , मिलन दाईले पनि नयाँ प्रतिभालाई अत्यान्तै सपोर्ट गर्ने मान्छे । मिलन दाई संग काम गर्दा पनि निकै रमाईलो भयो ।
तपाई आज यो ठाउँ सम्म आईपुग्नुको श्रेय कसलाई दिनुहुन्छ ?
आज म यो ठाँउमा आईपुग्नुका प्रमुख व्यक्ति मान्नु पर्दा मेरो श्रीमानलाई जान्छ । उहाँको साथ र सर्पोट विनाको मेरो संगित यात्रा सायद मैले सोच्न समेत सक्दिनथे होला ।
तपाई दोहोरी साँझमा पनि गित गाउनुहुन्छ , कहिलेकाहीँ श्रीमानलाई पनि लिएर जाने गर्नु भाछ ?
बेलाबेलामा मैले गित गाउँने दोहोरी साँझमा उहाँ पनि जानुहुन्छ । मैले त्यहाँ गेष्टहरुसंग पनि गित गाउने गर्छु ,उहाँले निकै रमाईलो लिनुहुन्छ । मलाई सर्पोट गरेर हलमा हाँसि हाँसि बस्नुहुन्छ । कहिलेकाहीँ प्रतिक्रिया पनि दिनुहुन्छ ,तिमिले यस्तो गित गाउनु पथ्र्यो भन्ने खालको ।
स्टेज कार्यक्रममा जादा तन्नेरीहरुबाट कत्तिको प्रपोज आउछ ?
स्टेजमा जादा खासै सबैसंग त्यस्तो नजिक त भईदैन । गाउदा गाउदै स्टेजमा आकर्षित त भईहाल्छन् । म काली काली छु त्यति राम्री त छैन् । तर लिप पोत गर्दा हल्का ठिकै देखिन्छु । जे होस धेरै दर्शकहरुले माया चाहीँ गर्नुहुन्छ । कसैले स्टेजमा रहदा आई लभ यू भन्ने शब्द सुने भने सबै भन्दा अगाडी मेरो आँखामा श्रीमानको तस्विर घुम्छ ।
आज भोली विशेष गरी स्टेज तताउने खालका गितमा गायक गायीका फोकस भएको पाईन्छ , तपाईको चाही धार कुन हो ?
मैले सबै खालको गित गाएको छु । मैले स्पेशली यो भन्न चाही सक्दीन् । म घर छ तिन तले भन्ने स्लो गितबाट आए । त्यसपछि एकतफी माया हुदै माछीलाई फुर्लंगो जस्तो रमाईलो गित पनि गाएको छु । त्यसैले मेरो लागी दुबै उत्तिकै महत्वका गित हुन् । उफ्रिने र रमाउने गित मात्रै खोज्ने दर्शक हुदैनन् गित सुन्ने श्रोताहरुका लागि पनि हामिले गित निकाल्नुपर्ने हुन्छ ।






