जानी राखौं अनुहार सफा गर्ने तरीका

जानी राखौं अनुहार सफा गर्ने तरीका

काठमाडौ । तपाईंलाई अनौठो लाग्न सक्छ अनुहार सफा गर्ने पनि कुनै तरीका हुन्छ भनेर । तर जानी सकेपछि अचम्म लाग्न पनि सक्छ अनुहार धुँदा पनि मानिसले कति गल्ती गर्दो रहेछ भनेर । त्यसैले अनुहार धुने बेलामा ख्याल गर्नुहोस् । यसो गर्नाले अनुहारको छाला स्वस्थ्य रहन्छ ।

१.     सावुन या बडीवासले अनुहार नधुनुहोस् किनकी तपाईंको अनुहारको अन्य अंगको तुलनामा मुकावला असाध्दै संवेदनशील हुन्छ ।

२.    तपाईंको अनुहार ड्राइ छ भने तपाईंले केसर, मह, र दुध युक्त फेसवासको प्रयोग गर्नुहोस् ।

३.    यदि तपाईको अनुहार चिल्लो छ भने तपाईंले एलोभेरा मिन्ट या नीम युक्त फेसवासको प्रयोग गर्न सक्नुहून्छ ।

४.    फेस वास गर्दा एकदमै तातो र एक दमै चिसो पानी पनि प्रयोग नगर्नुहोस् ।

५.    ताजा, सफा र मनतातो पानी प्रयोग गर्न सक्नुहुन्छ । अनुहारको फोहरलाई विस्तार मिचेर हटाउनु होस् ।

६.    जहिले पनि अनुहारलाई विस्तारै विस्तारै पुछ्ने गर्नुहोस् जोड्ले नपुछ्नु होस् ।

७.    विशेष परिस्थितिमा बाहेक २ पटक फेसवासले अनुहार सफा गर्नु होस्  ।

८.    मेकअप पछि अनुहार पखाल्नुहुँदै छ भने पहिले मेकअपलाई हटाउनु होस्  ।