एनआरएनए यूके उपाध्यक्ष जित्ने व्यापक तयारीमा रविन्द्र कंडेल

लण्डन ।गैरआवासीय नेपाली संघ युके निर्वाचनको मिति घोषणा भएसँगै रविन्द्र कंडेलले उपाध्यक्षमा चुनाब जित्ने व्यापक
आवश्यक तयारी गरका छन् ।

संगठनभित्र देखिएको आन्तरिक विवादलाई समाधान गर्दै अगाडि बढ्ने तयारीमा छन् रविन्द्र कंडेल,विगतमा हुने गरेका समस्यालाई निरुत्साहित गर्दै अगाडि बढ्ने उनको योजना रहेको बताएका छन् ।

उनि एनआरएन यूकेको उपाध्यक्ष उम्मेदवार मध्ये अग्रस्थानमा देखिएका छन । डायस्पोरामा सामाजिक कार्यमा अग्रस्थानमा देखिने कंडेलले अरु उम्मेदवार भन्दा धेरै भोट ल्याउने अपेक्षा गरिएको छ । उनले यसै सातादेखि निर्वाचन अभियान पनि सुरु गरेका छन । बेलायतभर एनआरएनएलाई फैलाउने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेका कंडेल बेलायतको पुरानो संस्था यती नेपाली एसोसियशन् यूकेको पूर्ववरिष्ठ उपाध्यक्ष रहेका कंडेल थिए ।

जुलाई २२ तारिख हुने एनआरएनए युके निर्वाचनको लागि उम्मेदवार दिएपछि यहाँका पुर्व गोर्खा, नागरिकता र लगानीका समस्या समाधान गर्न आफु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
करीव ३० बर्ष देखी बेलायतमा बसोबास गर्दै आएका कंडेलले बेलायतबाट अन्तराष्ट्रिय कानून र मानवअधिकारमा मास्टर गरेका छन् । नेपालको जनआन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका कंडेलले बेलायतमा नेपाली समस्या समाधान गर्न भुमिका खेल्दै आएका छन ।

बेलायतमा हेल्थ एण्ड सोशियल केयर व्यवसायमा संलग्न कंडेलले नेपालमा पर्यटन, हाइड्रो, हस्पीटालिटी क्षेत्रमा लगानी गरेका छन् ।

समुदायको लागि निस्वार्थ सेवा गर्ने आफ्नो अटुट आकांक्षाका कारण एनआरएनएमा लागेको उनी बताउँछन्। सोही आकांक्षा  पूरा गर्न बेलायतवासी सम्पूर्ण नेपालीले अमुल्य मतमार्फत् साथ दिने उनले आशा लिएका छन्।