सोंपाल समाज युकेको बार्षिक भेटघाटमा चर्चित कलाकार श्याम राना शिव हमाल र नानू गुरुङले मचाए धमाका

शिब भण्डारी/ तस्बिरहरु: ध्रुब गुरुङ 

लण्डन । सोंपाल समाज युकेको बार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजले १५ जुलाई शनिबारका दिन London post office sport club Greenford मा भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा जित बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो समाजका अध्यक्ष श्री प्रसाद गुरुङ को अध्यक्षतामा भएको सो कार्यक्रमको बिसेष अतिथि लन्डन स्थित दुताबास बाट सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार थिए ।

समाजले आफ्नो १ वर्षे गतिबिधि र भावि योजनाका विषयमा छलफल सहित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित बार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु नानू गुरुङ, श्याम राना र शिव हमाल तथा स्थानीय कलाकार दिपा गुरुङ र युद्ध गुरुङले आफ्नो प्रस्तुती दिँदै उपस्थित दर्शकलाई नचाएका थिए ।

सो अवसरमा राफल पुरस्कार समेत वितरण गरिएको थियो भने उक्त पुरस्कार प्रायोजन गर्ने र बिक्री वितरणका लागि सहयोग गर्ने सम्पूर्णलाई समाजले धन्यवाद समेत व्यक्त गरेको छ ।

कार्यक्रम संयोजक जगदीश गुरुङले भव्य रुपमा कार्यक्रम सम्पन्न भएको भन्दै कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट र विभिन्न जिम्मेवारीमा रहेर कुशलता प्रदर्शन गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे ।

त्यस्तै समाजका सल्लाहकार ट्रस्टि डेबिड गुरुङले राष्टिय कलाकारहरु लाई बोलाएर भब्य कार्यक्रम गर्न सफल भएकोमा सोंपाल समाज युकेले सधै स्मरण गर्ने बताए ।

कार्यक्रममा ट्रष्टी, जेष्ठ सदस्य, ज्वाइँ चेलीबेटी, भान्जा भान्जी, लगायत सदस्यहरु, आमा समूह तथा अन्य संस्थाका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।