सूर्यबहादुरको शल्यक्रिया शुक्रबार

पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता सूर्यबहादुर थापा दिल्लीको मेदान्त अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि गत आइतबार थापा दिल्ली प्रस्थान गरेका थिए । थापाको आगामी शुक्रबार अल्सरको शल्यक्रिया हुने पार्टीका सह-प्रवक्ता किरन गिरीले जनाएका छन् । शुक्रबार शल्यक्रिया तय भएपछि थापाका छोरा तथा वाणिज्य तथा आपूर्ती मन्त्री सुनील थापा बुधबार स्वदेश फर्किएका छन् ।
मन्त्री थापा भोली बिहिबार फेरि दिल्ली प्रस्थान गर्ने बताइएको छ । पूर्वप्रधानमन्त्री थापालाई काठमाडौं मेडिकल कलेजका डिबी कार्कीले उपचार गर्दै आएका थिए । तर, थापाको पेटमा बढि समस्या देखिएपछि गत आइतबार दिल्ली लगिएको हो ।