एनआरएन यूके निर्वाचनमा १२ स्थानबाट मतदान गर्न पाइने

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्व छनोट सेप्टेम्बर १४ मा हुँदैछ । उक्त निर्वाचनका लागि १२ स्थानमा मतदान केन्द्र रहने भएको छ । निर्वाचन समितिले ती मतदान केन्द्र तय गरेको हो ।

निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार अल्टरसट, बेजिङस्टोक, रेडिङ, ह्यारो, प्लमस्टिक, आसफोर्ड, लेस्टर, बर्मिघम, एडिनवरा, कार्डिफ र बेलफास्टरमा बुथ राख्ने निर्णय गरेको थियो । भौगोलिक दूरी र जनशक्तिलाई मध्यनजर गरी मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

बुथ निर्धारणले पनि निर्वाचन परिणाममा विशेष अर्थ राख्ने बताइएको छ । स्कटल्यान्डमा भिन्न मितिमा भइ एकै दिन १४ सेप्टेम्बरमै निर्वाचन हुने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *