नेपालमा हालै भएको भारत सरकार विरोधी प्रदर्शनका बारेमा उपाध्यायले भने – ‘भारतले नेपालमा भुकम्पकाे समयमा सहयोग गर्यो l सबै नेपालीले प्रशंसा गरे र धन्यवाद दिए l तर जब आपूर्ति बन्द भयो मानिसले प्रतिक्रिया दिए र विरोध भयाे l यो स्वभाविक हो ।
राजदुत उपाध्यायले भारतलाई भने – तेल नपठाए चीनबाट ल्याउने विकल्प खोज्छौं
भारतीय संचार सँस्था पीटिआइ सँग कुरा गर्दै भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले ढुवानीमा कठिन भएपनि चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने धम्की दिएका हुन्।
उपाध्यायले भने,‘भारतले कहिले तेल आपूर्ति गर्छ समय भन्नु पर्योl कति घण्टा,कति हप्ता वा महिनामा खुल्छ बाटो?’
शनिबार सेतोपाटीसँग कुरा गर्दै उपाध्यायले नाकाबन्दीका कारण नेपाली जनताले दु:ख पाएकाेमा भारतीय प्रधानमन्त्री मोदी दुखी भएको बताएका थिए। र, आइतबारदेखि नेपालमा नियमित तेल आपूर्ति सहज हुने बताएका थिए।
‘यदि बाध्य भएमा मर्ता क्या नहीँ कर्ता भने जस्तै हो। तेलका लागि हामी अन्य देशसँग कुरा गर्न बाध्य हुनेछौं,’ उनले भने,‘यद्दपी अन्य देशबाट तेल ल्याउन सजिलाे छैन। तर अन्य कुनै विकल्प नभए चीन लगायत अन्य देशसँग कुरा गर्ने छाैं।’






