तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली महिलाहरुको सशक्तिकरणका लागि बहस हुने भएको छ । विनर सर्कल मिडियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला फोरम नारी निकुञ्जसँग सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । फेब्रुअरी १ मा ओवन पार्कमा हुनेछ उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रम बिहान १० बजेबाट सुरु हुने विनर सर्कलका प्रमुख प्रशासकीय अधिकृत रोशन खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा निःशुल्क पानीपुरी, बिबिक्यु, लाइभ म्युजिक, खेल गतिविधि र चिठ्ठालगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
कार्यक्रममा नारी निकुन्जका ४ जना वक्ताले विभिन्न विषयमा प्रवचन दिने छन् । वक्ताहरुमा सन्ध्या साह गैरआवासीय नेपाली संघ (एनआरएनए महिला फोरम) संयोजक, स्वीकृति भट्ट सचिब , मोनी लिम्बु न्यू साउथ वेल्र्स (एनएसडब्लु) राज्य परिषद् संयोजक र डा. समिता गुरुङ सह-संयोजक एनएसडब्लु रहेका छन् ।
अस्ट्रेलियामा रहेका नेपाली महिलाहरुको समृद्धि र सशक्तिकरणका विषयमा छलफल हुने आयोजक विनर सर्कलका कार्यकारी अधिकृत खतिवडाले जानकारी दिए । अस्ट्रेलियामा बसेर नारीहरुले नारीका लागि के गर्न सकिन्छ भन्ने विषयमा बहस हुनेछ । जसरी नारी निकुञ्जले महिलाका एजेन्डामा मात्र काम गर्छ, त्यसरी नै अष्ट्रेलिया अध्ययनका लागि आएका छात्राहरुका लागि हामी के ग-यौं र के गर्न सक्छौं, नेपाल फर्केर पनि केही गर्न सक्छौं भन्ने विषयमा छलफल हुनेछ । अध्ययनका लागि अस्ट्रेलिया आएका छात्राहरुलाई के के समस्या छ ? मूल एजेन्डा यसैमा छलफल हुनेछ ।
विनर सर्कल मिडियाकी अनिसा लामिछानेको अध्यक्षतामा सम्पन्न हुने कार्यक्रमको उद्देश्यको बारेमा धिकृत खतिवडाले भने “छात्रको तुलनामा छात्रालाई काम पाउन एकदमै समस्या हुन्छ, उनीहरुलाई डिप्रेसन हुनसक्छ, महिलाहरु चाँडै भावुक हुन्छ, स–साना कुराले पनि उनीहरुलाई मानसिक असर परिरहेको हुन्छ । यस्ता विषयमा छलफल हुनेछ । महिलाहरु बाहिरका मानिससँग कुरा गर्न डराउँछन्, कार्यस्थलमा हेरेस्मेन्ट गर्ने, गलत व्यवहार हुने, यदि त्यस्तो भयो भने के गर्ने भन्ने विषयमा छ लफल हुनेछ ।छलफलमा सहभागी भएपछि उनीहरुको नेटवर्क बनोस्, धेरै साथीहरु बनुन” ।







