लण्डन । चार्ल्टन नेपाली समाज यूकेले तिज विशेष कार्यक्रम गर्ने भएको छ । हरितालिका तीजको अवसर पारेर समाजले यस वर्षको तीज कार्यक्रम ३ सेप्टेम्बर आईतबार साँझ ५ बजे देखी ११ बजे सम्म मेरिडियन स्पोर्टस क्लवको सभाहलमा भब्य कार्यक्रम गर्ने भएको हो ।
चर्चित लोक तथा लोक दोहोरी गायिका पुर्ण कला बि सीको साथमा नेपाली मौलिक तीज गीत तथा कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आयोजना गरिएको तीज विशेष र दर खाने कार्यक्रम समेत रहेको चार्ल्टन नेपाली समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले लण्डन नेपाल न्यूजलाई बताए ।
कंडेलले प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुलाई एकजुट गराई हरितालिका तीज मनाउने र एकआपसमा भेटघाट भई सुख दुख साटासाट गर्ने अवसर समेत रहेको कार्यक्रममा उपस्थित हुन् सबैमा अनुरोध गरेका छन् ।

कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिन टिकट बयस्कको लागी १५ पाऊण्ड ६ बर्ष देखी ११ बर्ष सम्मको लागी १० पाऊण्ड तथा ५ बर्ष मुनीकाको लागी निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । खाना क्रिष्टल प्यालेस स्थित टिमुर रेष्टुरेण्टले खुवाउने भएको छ।
कार्यक्रम हुने स्थानः- मेरिडियन स्पोर्ट्स एण्ड सोसियल क्लब हल चार्ल्टन ,चार्ल्टन पार्क लेन Post Code :- SE7 8QS






