लन्डन आइपुगे काँग्रेस नेता सांसद खम बहादुर (खमबिर)गर्बुजा, विमानस्थलमा भब्य स्वागत

लण्डन । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा म्याग्दीबाट प्रतिनिधित्व गर्ने सांसद खम बहादुर (खमबिर) गर्बुजा बेलायत भ्रमणमा आएका छन।उनि निजी भ्रमणका शिलशिलामा सोमबार राती लन्डन आइपुगेका हुन्।

उनलाई नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङ,दग्नाम दर्मिजा समाज यूकेका पदाधिकारी, मोना यूकेका पूर्व अध्यक्ष योग कुमार फगामी,पत्रकार दुत पुन,मोना अन्तराष्ट्रिय समन्नय परिषदका उपाध्यक्ष जंग बहादुर बुदुजा, पुन समाज युकेका निबर्तमान अध्यक्षहरु अति प्रसाद पुन, धन बहादुर पुन, मोना युकेका महा सचिब बिष्णु भण्डारी,नेत्रमान गर्बुजा,राउघाट खोला सेरोफेरो युकेका निबर्तमान अध्यक्ष रत्न बहादुर शाही, परिवारका सदस्यहरु लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।

पूर्व गोर्खा समेत रहेका सांसद गर्बुजाको सपरिवार बेलायतमा रहेपनि उनि लामो समयदेखि नेपाली राजनीतिकमा सेवारत छन। उनले लामो समय नेपाली कांग्रेस म्याग्दीको जिल्ला सभापतिको कार्यभार सम्हाल्दै आएका थिए। हालमा प्रतक्षतर्फबाट म्याग्दी जिल्लाको प्रतिनिधि सभाको सांसदमा सेवारत छन।

निजी भ्रमणमै आएका भएपनि सांसद गर्बुजाले नेपाली जनसम्पर्क समिति यूके, भूपू गोर्खा, मोना युके,मगर संघ युके, दग्नाम दर्मिजा समाज युकेका कार्यक्रम हरुमा सहभागिता रहने नेत्रमान गर्बुजाले लन्डन नेपाल न्यूजलाइ बताए।