लन्डन । नेपालमा एक सातादेखि ट्रेन्डिङमा रहेको गलबन्दी गीतकी गायिका शान्तिश्री परियार लन्डन आइपुगेकी छन् । जुन १ तारिख शनिबार मगर संघ बेलायतले फार्नबरो फुटबल क्लबमा आयोजना गरेको ओपन कन्सर्ट कार्यक्रमका लागि उनि बेलायत आइपुगेकी हुन् ।
हजारौँ नेपाली परिवारको कथा, परदेशिनेहरुको व्यथा, अतिनै मर्मस्पर्शी, भावविह्ल भएको सर्वाधिक हिट गीत “बोल माया” को भाग २ “गलबन्दी” ले चर्चा कमाइरहेकाबेला शान्तिश्री लन्डन टेकेकी हुन् । गायक प्रकाश सपूत गत वर्ष गीत ‘बोल माया’सँग सार्बजनिक गरेर सारा नेपालीलाइ भाबुक बनाएका थिए भने यहि गीत बाट अञ्जली र शान्तिको चर्चा समेत चुलिएको छ ।
ओपन कन्सर्ट कार्यक्रमका लागि आएकी परियारको स्वागतका लागि मगर संघ यूकेका कार्यक्रमकी प्रमुख संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष सिता पुन, उपाध्यक्ष छवि माया पुन, महासचिव रुद्र थापा,कोषाध्यक्ष होम रोका, संघकी साँस्कृतिक सचिव सरु राना मगर,रुक आले लगायत समाजका १ दर्जन प्रतिनिधि हिथ्रो विमानस्थल पुगेका थिए ।
कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान बेलायत आइसक्नु भएको छ । प्रधानका अलावा लोकदोहोरी गायक कुलेन्द्र विक लगायत थुप्रै कलाकारहरुले प्रस्तुति गर्ने कार्यक्रम छ ।






