विराटनगर–नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकार भन्दा व्यवस्था परिवर्तन अहिलेको आबश्यकता भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको आबश्यकता भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसद हुनुपर्ने बताए । ‘हामीले पटक पटक सरकार परिवर्तनको कुरा देखेका छौँ । अव यसमा लाग्ने होइन । अव व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको पक्षमा छ । यही हुने गरि व्यवस्था परिवर्तन आजको खाँचो हो ।’ उनले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा रहेको पनि बताए ।
नेता भट्टराईले यस्तो व्यवस्थाले स्थिरता र विविधतापूर्ण समुदायको प्रतिनीधित्व सुनिश्चता गने बताए ।






