काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला अकस्मात बिरामी भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको हो ।
डा. कोइरालालाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था अचेत छ । पारिवारिक श्रोतका अनुसार कोइरालले मंगलबार राति पिज्जा खाएका थिए । त्यसपछि उनलाई वान्ता भएको थियो । रातभर वान्ता भएपछि उनलाई विहानीपख अस्पताल भर्ना गरिएको हो ।
अधिक वान्ताका कारण श्वासप्रश्वासमा समास्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने चिकित्सकहरुको आशंका छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता कार्यकर्ता कोइरालालाई भेट्न ओम अस्पताल पुगेका छन् ।






