विश्वकै होचा डाँगीको निधन

xfn} lgwg x'g' ePsf lulgha's ckm lb jN8{ /]s8;{df gfd n]vfpg ;kmn g]kfnsf rGb|axfb'/ 8fFuL . pxfF cd]l/sg ;df]cf l:yt Nof08g aL hf]xG;g 6«lksn d]l8sn ;]G6/df pkrf/sf qmddf lgwg x'g' ePsf] xf] . /f;;

काठमाडौं, १९ भदौ । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ । पचहत्तर वर्षीय डाँगीको निमोनियाका कारण अमेरिकन समवाको पागोपागोस्थित ल्यान्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा नेपाली समयअनुसार मध्याह्न १२ बजेतिर निधन भएको बताइएको छ । उहाँ मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन पाँच महिनाअघि त्यसतर्फ जानुभएको थियो ।
उहाँका सहयोगी थानेश्वर गुरागाईँका अनुसार डाँगीका साथमा रहेका उहाँका भतिजा दोलखले उहाँका हजुरबुवाको उपचारका क्रममा निधन भएको पुष्टि गर्नुभएको छ ।
डाँगीको जन्म विसं १९९६ मङ्सिर १५ गतेसल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । हाल उहाँको स्थायी बसोबास दाङको पुरनधारास्थित रिमखोलीमा छ । चौध किलो तौल भएका डाँगीको उचाइ २१ दशमलव ५ इन्च रहेको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो । डाँगीले विसं २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।