काठमाडौं, १९ भदौ । राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा आज बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत एवम् प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा उहाँले गत वैशाखमा गएको भूकम्पबाट क्षति भएका त्यहाँस्थित भौतिक संरचना र कृष्णमन्दिर परिसरको अवलोकन पनि गर्नुभयो । कृष्णाष्टमीको अवसरमा भगवान् कृष्णको दर्शन गर्न त्यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ ।
राष्ट्रपतिद्वारा कृष्णमन्दिरको दर्शन






