लण्डन । झण्डै २ महिना लामो लण्डनको बसाई सकेर चर्चित लोक गायक राजन कार्कीलाई बिदाई तथा भव्य सम्मान गरिएको छ । स्याङ्जा समाज युकेको निमन्त्रणामा बेलायत आएका कार्कीलाई आईतबार साउथ ह्यारो स्थ्ति गोल्डेन सीप रेष्टुरेण्टमा औपचारिक कार्यक्रमकाबीच विदाई तथा सम्मान कार्यक्रम गरिएको छ ।

स्याङ्जा समाज युकेकै आयोजनामा गरिएको विदाई कार्यक्रममा गायक कार्कीले बेलायत बसाईको अन्तिम कार्यक्रमको रुपमा आफ्नो प्रस्तुती दिँदै दर्शकहरुलाई नचाएका थिए ।समाजका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम बेलायतबासी स्याङ्जाली चेली कुशल गायिका निरुषा भट्टराई पाण्डेले निकै कुशलता पूर्वक कार्यक्रम सञ्चालन गर्दै कार्यक्रमलाई झनै रमाईलो बनाएकी थिईन् ।
समाजका महासचिव डा.बलराम ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसीसी उपाध्यक्ष थर्क शेन,इङ्ल्याण्ड राज्य परिषदका अध्यक्ष लालबहादुर (एलबीजेड) गुरुङ, उपाध्यक्ष भक्त दर्जी,प्रवक्ता डा. विशाल गुरुङ एनआरएनए यूके सह कोषाध्यक्ष शशांक शर्मा, सदश्य सुमन शर्मा (सोहन) लगायतको विशेष उपस्थिति रहेको थियो ।
सोंपाल समाज युकेका अध्यक्ष श्री प्रसाद गुरुङ,तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ,कोल्मा बाहकोट समाज युकेका अध्यक्ष कृष गुरुङ,स्याङ्जा समाज युकेका संरक्षक क्याप्टेन प्रेम गुरुङ, बरिष्ठ सल्लाकार डेबिड गुरुङ,सल्लाहकारहरु जगदीश गुरुङ,नवराज गुरुङ,युक्त गुरुङ,रामकाजी गुरुङ,निर्मला गुरुङ,लण्डन इकाइका उपाध्यक्ष वेन कुमार गुरुङ,महासविच रक गुरुङ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युकेका उपाध्यक्ष मधुसुदन थापा, महासचिव रत्न शाही लगायतले शुभकामना सहित मायाको चिनो प्रदान गरेका थिए ।

उपस्थित अतिथिहरुले गायक कार्कीलाई लण्डन बसाईको क्रममा नेपालीहरुलाई निकै मनोरञ्जन प्रदान गरेको भन्दै शुभकामना व्यक्त गर्दै नेपालको सुरक्षित यात्राका लागि शुभकामना दिएका थिए । गायक कार्कीलाई खादा सहित सम्मान समेत गरिएको थियो ।
नेपाल फर्किँदै गरेका कार्कीलाई रमाईलो कार्यक्रमकाबीच सम्मान तथा विदाई कार्यक्रम केही समय भने भावुक समेत बन्यो । गायक कार्कीले आफुलाई बेलायतमा निमन्त्रणा र सत्कार तथा भव्य बनाउन सहयोग गरेको स्याङ्जा समाज प्रति आभार व्यक्त गर्दै केही भावुक बने । सोही क्रममा उनले आँसु समेत खसाले । उपस्थित दर्शकहरु समेत उनीसगैं रोएका थिए । 
समाजका अध्यक्ष शारदा गुरुङले बेलायतमा स्याङ्जालाई चिनाउन राजन कार्कीले ठुलो योगदान गरेको भन्दै उनले कलाकार मात्रै नभएर कार्की समाजकै एउटा सदस्य भएको र एउटै परिवार भित्र रहेको बताएका थिए । उनले आफुहरुको निमन्त्रणमा बेलायत आएका कार्कीलाई विभिन्न कार्यक्रममा बोलाएर सहयोग र समन्वय गरेको प्रति सम्पूर्ण सघं संस्थालाई आभार व्यक्त गरे ।
त्यस्तै स्याङजा समाज युकेका बरिष्ठ सल्लाहकार डेबिड गुरुङले राष्टिय कलाकार राजन कार्कीलाई एउटा लोक गायक मात्रै नभएर बहुप्रतिभाको धनी र प्रतिभाको खानीको रुपमा पाएको बताए । उनले स्याजा समाज युके प्रति दिएको माया र सदभाव कहिले पनि नभुल्ने र सधै स्मरणमा रहने बताएका थिए ।
बिदाई कार्यक्रममा गायिका शान्ता रानी परियार र कमेडियन निर आलेले समेत आफ्नो प्रस्तुती दिएका थिए ।कार्यक्रममा चर्चित लोक गायक राजन कार्कीलाई भाइ तिम्रो साङ्गितिक यात्राको सफलताको शुभकामना भन्दै विश्व हिन्दु युवा महासघं युके तथा एनआरएनए युकेका सहकोषाध्यक्ष शशांक शर्माले ३५० पाउण्ड (करिब ५० हजार रुपियाँ) प्रदान गरेका थिए।भने अन्य अतिथि हरुले पनि मायाका चिनो दिदै सुभकामना प्रदान गरेका थिए ।
उनि सोमबार हिथ्रो ट्रमिनल ४ बाट बिहान ८:१५ बजे कतार एअरको फ्लाइटबाट नेपाल फर्किएका छन् । गायक कार्की बेलायत बसाईको क्रममा थुप्रै कार्यक्रममा सहभागी भई आफ्नो सागींंतिक प्रस्तुती दिएका थिए । समर भेटघाट देखि बिबिध कार्यक्रम ,हरितालिका तीज अन्य विभिन्न अवसरमा बेलायतका विभिन्न सहरहरुमा आयोजित कार्यक्रममा कार्कीले निकै मनोरञ्जन प्रदान गरेका थिए ।
लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश समिति सचिव समेत रहेका गायक कार्कीले बेलायत बसाई भव्य बनेको भन्दै यहाँ आउन निमन्त्रणा गर्ने स्याङ्जा समाज युके र सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । उनी अल्टरसड,लेष्टर,नटिङहम, बर्मिङहम,लन्डन,रेडिङ, स्कटल्याण्ड लगायतका सयौ ठाउँमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।








