प्रस्ताव पारित गर्न भोट पुग्दैन : संशोधन प्रस्ताव असफल हुने संकेत

;+;bdf 5nkmn hf/L k|wfgdGqL s]kL zdf{ cf]nLdfly Joj:yflksf–;+;bsf] ljZjf; 5}g eGg] cljZjf;sf] k|:tfjdf 5nkmn x'Fbf cfOtaf/ pkl:yt ;f+;bx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – पहाडी भुभागबाट तराई मधेस अलग्याउने उद्धेश्यसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।

संसदमा रहेको कुल ५ सय ९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक १ सय ९७ जनाभन्दा चार मत एमाले नेतृत्वको विपक्षी दलसँग बढी देखिएको छ ।

यसले प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने देखिएको हो । दुई तीहाई नपुगे संविधान संशोधन हुँदैन ।

विधेयक पास गराउन कम्तिमा ३ सय ९६ मत चाहिन्छ । जबकि सत्तारूढ दलको पक्षमा हाल खुलेको मत ३ सय ३१ मात्र छ । यो स्थितिमा सत्तारूढ दललाई अझै ६५ मत आवश्यक पर्छ ।