भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयर र उपमेयरमा एमालेको जित सुनिश्चित

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकामा मेयर र उपमेयरमा एमालेका उम्मेद्वारहरु बिजयको नजिक पुगेका छन् ।

एमालेबाट मेयरका उम्मेद्वार सोम मिश्रले ६७७२ मत प्राप्त गरेका छन् भने कांगे्रेसका मेयरका उम्मेद्वार राजाराम खड्काले ६१३८ मत ल्याएका छन् । त्यसैगरि, एमालेकी उपमेयर उम्मेद्वार बिना बास्तोलाले ७१३९ मत ल्याएकी छन् भने कांग्रेसका उपमेयरका उम्मेद्वार सरु बानियाँले ६६५९ मत प्राप्त गरेकी छन् ।

९ वडा रहेको चाँगुनारायण नगरपालिकामा ८ वटा वडाको मतगणना भइसकेको छ भने अव वडा–९ को मात्र मतगणना बाँकी छ । भर्खरै गणना सकिएको ८ न. वडामा एमालेको बिजय हासिल गरेको छ । यो सँगै एमाले र कांग्रेसले ४, ४ वडामा जितेका छन् । मतगणना सकिएका वडामध्ये १, २, ५ र ७ मा काँग्रेसको समूह विजयी भएको छ भने वडा नं ३, ४, ६ र ८ मा एमालेको समूह विजयी भएको छ । वडा न.९ मा नेमकिपा तुलनात्मक राम्रो छ ।

तेश्रो स्थानमा रहेको राप्रपाका मेयर र उपमेयरका उम्मेद्वारले ४३०१ र ३७६३ मत ल्याएका छन् । चौथो स्थानमा रहेको नेमकिपाका उम्मेद्वारहरुले ३३५६ र २८६८ मत ल्याएका छन् भने माओवादी केन्द्र पाचौं स्थानमा रहेको छ । माओवादी केन्द्रका उम्मेद्वारहरुले १ हजारमत समेत ल्याएका छैनन् । केन्द्रका मेयर र उपमेयरका उम्मेद्वारहरुले ५५८ र ६१६ मत ल्याएका छन् ।