चिकित्सा शिक्षा विधेयकमा सहमति खोज्न अन्तिम प्रयास

;efd'v 3tL{ kqsf/ ;Dd]ngdf;efd'v cf]g;/L 3tL{ cfOtaf/ Joj:yflksf–;+;b ejg, gofF afg]Zj/df cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं– चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक डाकेकी छन् ।
शुक्रबार संसद बैठक बस्नुअघि सभामुख घर्तीले सहमतिको प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । विधेयकमा सहमति खोज्न यसअघि सभामुख घर्तीले बिहीबार शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित तीन दलका प्रमुख सचेतकसहितको बैठक बोलाएकी थिइन् । सो बैठकमा सहमति नभएपछि सभामुख घर्तिले शीर्षको बैठक डाकेकी हुन् ।
माथेमा आयोगको प्रतिवेदनअनुसार सरकारले चिकित्सा शिक्षा विधेयक पारितको प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेपनि प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्रको असहमतिका कारण सो विधेयक संसदमा हिजोपनि प्रस्तुत हुन सकेको थिएन । विद्येयक आजको बैठकको कार्यसूचीमा समेटेर पारित गर्ने अन्तिम प्रयासस्वरुप सभामुखले पहल थालेकी हुन् । व्यवस्थापिका संसदको म्याद असोज २८ गतेसम्म मात्र रहने र अन्तिम बैठक आज बस्नेभएपछि सकभर यहि संसदबाट निकास खोज्ने प्रयास थालिएको बताइएको छ । यद्यपी सहमति जुट्न एमाले र माओवादीले लिएका पुर्ववत अडान त्याग्नुपर्ने हुन्छ ।