६२ औं प्रहरी दिवस : निर्वाचन शान्तिपुर्ण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीलाई सचेत गराएका छन् ।
प्रधानमन्त्री देउवाले मुलुकको शान्ति, सुरक्षालाई सदृढ बनाउन नेपाल प्रहरीले खेल्दै आएको भूमिको पनि प्रशंशा गरे ।

६२ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीको नेतृत्वदायी भूमिकाकै कारण स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि स्मरण गराए ।

प्रधानमन्त्री देउवाले नेपाल प्रहरीले इतिहासको विभिन्न कालखण्डमा आईपरेको चुनौतिहरुको सामना गरेर देश र जनताको सेवा गर्दै आएको पनि उल्लेख गरे । त्यस अवसरमा उनले नेपाल प्रहरीको व्यवसायिक सफलता र समुन्नत भविष्यको कामना समेत गरे ।

कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिएु । उनले नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त संगठनका रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको पनि दोहो¥याए ।

 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आम नागरिकसँग अझै सम्बन्ध विस्तार गरी मुलुकको शान्ति सुरक्षा सुदृढ बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मुलुकको शान्ति सुरक्षालाई सुदृढ बनाउन ‘प्रहरी हाम्रो टोलमा’ अभियान संचालन गरिएको पनि स्मरण गराएका थिए ।

कार्यक्रममा वीर तथा अमर प्रहरी परिवारलाई सम्मान पनि गरिएको थियो ।