पोर्चुगलको अलेन्तेजोमा गुल्मी समाज गठन,अध्यक्षमा प्रेम राहाडी

लिस्बन, पोर्चुगलको अलेन्तेजो क्षेत्रमा बसोबास गर्ने गुल्मेलिहरुको भेलाले ओदिमेराको मालभादोमा भएको कार्यक्रम बाट गुल्मी सेवा समाज क्षेत्रीय समिति अलेन्तेजो पोर्चुगल गठन गरेको छ ।उक्त कार्यक्रम एन.आर.एन.ए.पोर्तुगलका वरिष्ठ उपाध्यक्ष तिकक गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सोही कार्यक्रम बाट प्रेम राहाडीको अध्यक्षतामा ११ सदस्यीय कार्ये समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा ओम लाल तिमिल्सिना सचिब दुर्गा के.सि. सह सचिबमा रामहरी गिरि त्यस्तै कोषाअध्यक्ष नबराज शाहा र प्रबत्तामा केशव अर्याल लाई मनोनित गरिएको छ । त्यस्तै सदस्यहरुमा राम लम्साल, हेम बहादुर रायमाझी, रमेश खरेल, बिष्णु प्रसाद ज्ञवाली रहनु भएको छ। त्यस्तै सल्लाहाकारमा एन आर एन एका पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरे, एन आर एन ए अलेन्तेजो क्षेत्रीय अध्यक्ष शिव वाग्ले, प्रकाश देवकोटा,काशिवन सन्यासी रहनु भएको छ ।

चर्चित दोहोरी गायक जेवि. ओलीको प्रस्तुतीले कार्यक्रमलाई झनै रौनक थप्ने काम गरेको थियो । प्रदेशमा रहेका दाजुभाइ ,दिदिबहिनीहरु मिली यस्तो सामाजिक सस्थामा रहि विभिन्न सामजिक काममा लाग्न खोज्नु सराहनीय काम भएको प्रमुख अथिती गैरेले बताउनु भयो । त्यस कार्यक्रममा स्वागत मन्तव्य राम लम्साल राख्नु का साथै सचिब दुर्गा के. सि ले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *