शिव भण्डारी
लन्डन । गोरखा नगरपालिका र बेलायतको रसमोर बरो काउन्सिलबीच भागिनी सम्बन्ध स्थापना हुने भएको छ । यो सम्बन्धलाई औपचारिकता दिन गोरखा नगरपालिकाका मेयर राजनराज पन्त,गोरखा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ,पत्रकार महासंघ गोरखा जिल्ला अध्यक्ष किशोरजंग थापा बुधबार लन्डन आइपुगेका छन् । 
उनीहरुलाई स्वागत गर्न लन्डन स्थित नेपाली दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मी,ग्रेटर रसमोर नेपाली कम्युनिटीका पुर्व अध्यक्ष जीव बेलवासे र रसमोर बरो काउन्सीलका हेड अफ डेमोक्रेसी स्टाटीजी एण्ड मेनेजमैन्टका एन्ड्रय कोलभर हिथ्रो विमानस्थल पुगेका थिए ।
गोरखाबाट आएका पाहुनाका लागि रसमोर बरो काउन्सिलले भोलि स्वागत कार्यक्रम राखेको छ । उनीहरुले काउन्सिलको अवलोकन गर्नेछन् भने भोलि साँझ नै नेपाली दूतावास लन्डनले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम छ । पूर्वअध्यक्ष बेलवासेले लन्डन नेपाल न्युज डट कमका प्रधान सम्पादक शिव भण्डारीसँग कुरा गर्दै भने, दुई नगरबीचको सम्बन्धले आत्मियता बढ्ने, विकासका मोडल आदानप्रदान हुने र मित्रता अवृद्धि हुने बताए ।






