मिलन लामाले तताए भियन्नाबासी नेपालीलाई

भियन्ना । आदिवासी जनजाति महासंघ अष्ट्रियाको निमन्त्रणामा मञ्जुश्री सम्वत् २८५६ जिवा ल्हो (मुसा वर्ष) ल्होसारको अवसर पारी अष्ट्रिया पुगेका नेपालका ख्याती प्राप्त लोक दोहरी गायक मिलन लामाले आफ्नो सुपर हिट गानाहरुद्वारा भियन्नाबासी नेपालीहरुलाई भरपुर मनोरन्जन दिलाएका छन् ।

नेपालबाट कलाकार झिकाई अष्ट्रियामा कार्यक्रम आयोजना गर्ने पहिलो संस्था बन्न सफल आदिवासी जनजाति महासंघ अष्ट्रियाले बर्षै पिच्छे ल्होसार मनाउँदै आइरहेको छ। यसपालिको कार्यक्रममा लामा लगायत स्पेनबाट आएकी गायिका समी गुरुङ्गको प्रस्तुतिले कार्यक्रमलाई बिशेष बनाएको थियो।

उद्घोषकद्वय चन्द्रसेन राई र रिमा बिष्ट रहेका थिए । कार्यक्रमको सभापति संस्थाको अध्यक्ष डबिन लामा र प्रमुख अतिथि अष्ट्रियाका लागि नेपाली राजदुत प्रकाशकुमार सुवेदी थिए । संस्थाका महासचिव शेखर लामाद्वारा ल्होसारको विधिवतरुपमा पूजापाठ गर्दै सुरुवात गरेको कार्यक्रममा राजधानी भियन्नाका नेपालीहरु मात्र नभएर साल्जबर्ग, लिन्ज र ग्राजबाट पनि नेपालीहरु उपस्थित भएका थिए । नेपाली विभिन्न संघ संस्थाका अध्यक्षहरु इनास अष्ट्रियाबाट सन्तोषी भण्डारी (स्याण्डी), नेसास अष्ट्रियाबाट रमेश खड्का, आनाबाट ज्येष्ट नागरिक हरि राणा र स्पोर्ट क्लव सगरमाथा भियन्नाबाट मान्फ्रेड आनरेइतर उपस्थित थिए । कार्यक्रममा मुख्य प्रायोजक रोनी गुरुङको पनि उपस्थिति थियो ।

स्थानीय कलाकारहरु नेहारिका खड्का, उषा बराल, निपुन लामा, प्रतिभा शाहिसमुडा, मनिषा तिवारी, लारिसा तामाङ, दिव्या ढकाल, सम्झना गिरी , नविन कार्की, श्रेया खड्का, नेत्र खड्का, दीक्षा थापा, मुना गुरुङ, सन्ध्या गुरुङ, प्रिया पौडेल, दिनेश कार्की , रेनुका दवाडीले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । इनास अष्ट्रियाको तर्फबाट पुनम पौडेलले नृत्य, सन्तोषी भण्डारी (स्याण्डी) को नेतृत्वमा अन्य १५ जनाले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी नेपाली जात जातिहरुको भेष भूषाहरुको -याम्पमा वक प्रस्तुत गरिएको थियो।

नेपाली परिकारको खानपिन, मित्रसँगको भेटघाट र त्यसमाथि पनि मिलन लामाको सुपर हिट गानाहरु हङकङ्ग आइडीले, माझि दाइ पोखरा फेवाताललगायत दोहोरिको रमझममा नाच्दै उपस्थित साराले रमाइलो गर्दै आयोजक संस्था आदिवासी जनजाति महासंघ अष्ट्रियालार्इ धेरै धेरै धन्यवाद दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *