बेलायत छाडेर चुनावमा भाग लिन हिड्न लागेका मनोज भन्छन्, ‘सस्तो लोकप्रियताका लागि होइन’

लन्डन– बेलायत छाडेर चुनावमा भाग लिन हिड्न लागेका नेपाली युवा व्यवसायी मनोज मेहताले आफू सस्तो लोकप्रियताको पछि नहिडेको बताएका छन् ।

लन्डन नेपाल न्यूज डट कमका लागि प्रधान सम्पादक शिव भण्डारीसँग भिडियो कुराकानी गर्दै मनोजले आफ्नो मातृभूमिलाई साँच्चिकै सुन्दर बनाउन चुनावमा भाग लिन लागेको बताए ।

१८ वर्ष बेलायतमा बिताएका मनोजले सुनसरीको इनरुवा नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरम पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

ओसन सर्भिसेस लिमिटेडका निर्देशक मनोज मेहताले बेलायतमा करिब सयजनालाई रोजगारी दिइरहेका छन् ।

कांग्रेस हुँदै मधेस केन्द्रित दलमा आबद्ध भएका बुवा लक्ष्मण मेहता यसअघि नै राज्यमन्त्री भइसकेका छन् ।