लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम बेलायत आउदै

IMG_7248लण्डन

नेपालको बिभिन्न जील्ला र बिकट गॉउ अनि बस्तिहरूमा सामाजीक सेवा , मानब हित र शिक्षाको उज्यालो दिप जगाउदै हिड्नु भएका समाजीक अभियन्ता लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम सामाजीक सेवा तथा सहयोग को लागि बिबिध कार्यक्रम लिएर आगामी मे १९ देखि जुन ४ सम्मको १५ दिने भ्रमणको लागी वेलायत आऊदै हुनुहुन्छ।

उहाँ हाल बेलायतमा सामाजीक , मानवीय लगाएत सॉस्कृतिक क्षेत्रमा सहयोग र अग्रणी भूमिका खेल्दै आईरहेको नेपालीहरूको च्यारिटी सस्था नेपलीज ब्रिटिश कम्यूनिटी यू के ( एन बि सी यू के को निमन्त्रणामा आउन लाग्नु भएको कुरा सो सस्थाका अध्यक्ष मिलन घिमिरेले हामीलाई जानकारी दिनुभयो।

परिवारमा परेको अकल्पनीय पज्रपात अनि त्यसले ल्याउन खोजेको मानसिक बिच्छिप्तता र पारिवारिक तहस नहसलाई दृढ मनोवलका साथ किनारा लगाउदै पबित्र र निस्वार्थ मनोकांक्षा राख्दै सामाजीक सेवा वाट समाज परिवर्तन , मानव कल्याण , पिछडिएका सिमान्तकृत वर्ग अनि दिन दुखिहरूको सेवामा देशका विकट कुना कन्दराहरूमा शिक्षा , स्वास्थ्य , खाने पानी लगाएतका कामहरू गर्दै हर दिन अनि अहो रात्र अथक रूपमा खटिई रहने पात्र, प्रेरणा, धैर्यता , साहास, अठोटका श्रोत , सामाजीक अभियन्ता लक्ष्मी प्रतिष्ठानका संस्थापक अनि अध्यक्ष बिष्णु गौतम देश तथा बिदेशमा अत्यन्तै परिचित हुनुहुन्छ।IMG_7249

बिष्णु गौतम ले संचालन गरेको लक्ष्मी प्रतिष्ठानले चितवन र काभ्रे जील्लामा थुप्रै सामाजीक र मानबिय कामहरू गरेको छ। बिध्यालयलाई जग्गा दान, बिध्यालय तथा छात्रावास निर्माण, पुस्तकालय निर्माण, खानेपानी तथा सौचालयको व्यवस्था, भूकम्प पिडितलाई बस्ने वास, भोका नांगाहरूलाई गास अनि कपास, जीबिकोपार्जनका लागि उध्यमशिल कार्यक्रम , छात्रवृत्ति । स्मरण रहोस नेपलीज व्रिटीश कम्यूनिटीले लक्ष्मी प्रतिष्ठानलाई सहयोग गरि रू नौ लाख तेहिस हजारमा दुई तले छात्रावास चितवनको कान्दामा निर्माण गरेको छ।
यसरी बिभिन्न क्षेत्रमा निश्वार्थ भावनाका साथ काम गर्नुभएकोले उहाँ प्रति प्रभावित भएर बेलायत, अमेरिका लगाएत बिश्र्वका अधिकांश ठाउहरूवाट व्यक्ति तथा संघ सस्थाहरूले सहयोग र चन्दाहरू दिनुका साथै प्रतिष्ठानको सदस्य बन्नुभएको छ।
आफ्नो प्रतिष्ठानको सदस्यहरू संगको विशेष भेटघाट र सहयोग अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ आउनुहुने गौतमले २१ गते पत्रकार महासंघ बेलायतको च्यारीटी कार्यक्रममा सहभागि हुनुहुने छ, सो पश्चात २२ देखि २६ सम्म स्कटल्याण्डा कार्यक्रम मा सहभागि भएपछि आगामी २७ मे शनिवार दिउसो नेपलीज व्रिटिस कम्यूनिटी ( एन बि सी यू के ) ले साउथ ह्यारो को गोल्डनसिप रेश्टुरेन्टमा आयोजना गर्ने विष्णु गौतम संग बेलायत वासीको अन्तरंग कार्यक्रम मा भाग लिनुहुने कुरा आमन्त्रण गर्नुहुने सस्थाका अध्यक्ष मिलन घिमिरेले हामीलाई वताउनु भयो

कार्यक्रममा वेलायतमा कार्यरत नेपाली संघ सस्था, सामाजीक तथा वौद्दिक व्यक्तित्वहरू , व्यापारी , उद्योग व्यबसायी , पत्रकार , कलाकार तथा समाजका सबै क्षेत्रसंग सम्वन्धित दाजुभाई दिदी बहिनीहरूलाई उपस्थित हुन अनुरोध तथा निमन्त्रणा गर्नु भएको छ।IMG_7250