दिल्लीका कारण संविधान बनेन : चन्द्र भण्डारी

Chandra Bhandariकाठमाण्डौ, ९ माघ । नेपाली काँग्रेसका यूवा नेता चन्द्र भण्डारीले नेपाली नेताहरु स्वतन्त्र हुन नसक्दा संविधान बन्न नसेको बताउनुभएको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत नेपाली नेताहरु स्वतन्त्र हुन नसक्दा संविधान नबनेको भन्दै नेपाली जनतालाई संविधान दिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘नेपाली नेताहरु स्वतन्त्र छैनन् । जो स्वतन्त्र छन उनी कमजोर छन । तसर्थ जनताको भारी वहुमतले काम गर्न सकेन ।’ उहाँले भन्नुभएको छ ।
उहाँले नेताहरु स्वतन्त्र हुन नसक्नुको कारण बाह्य हस्तक्षेप भएको संकेत गर्दै त्यसकै कारण संविधान बन्न नसकेको बताउनुभएको छ । २०३६ सालमा जनमत संग्रहपछि विपी कोईरालाले भनेको कुरा स्मरण गर्दै उहाँले यसको कारण दिल्ली भएको संकेत गर्नुभएको छ । ‘२०३६ सालको जनमत संग्रहको परिणाम पछी वि पी कोइराले भन्नु भएको थियो  ‘मेरो गुनासो दरवार संग होइन दिल्ली संग हो ।’ – भण्डारीले लेख्नुभएको छ – ‘संविधान निर्माणको वर्तमान अवस्था भित्रको असमझदारी काग्रेस , एमाले र माओवादी विचको होईन । दुईतिहाईले संविधान घोषणा गर्न नसक्ने पनि होइन ।’
गुल्मी क्षेत्र नं. २ का सभाषद् समेत रहनुभएका भण्डारीले माघ आठ गते जनता संग गरेको प्रतिवद्धता अनुसार संविधान नेपाली जनतालाई दिन नसकेकोमा क्षमायचना गर्नुभएको छ ।

C_B