प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा पुरेको छ ।
सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो ।
प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भईसकेको दावी गरे पनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने भएकाले छाप्न सुरु नगरिएको स्रोतले बतयो ।






