नेदरल्यान्ड्सको अन्तरास्ट्रिय मेलामा नेपालको सक्रिय सहभागिता रहने

नेदरल्यान्ड्स । सेप्तेम्बेर ६ र ७ तारिखका दिन नेदरल्यान्ड्सको सहर द हेगमा आयोजना हुनलागेको अन्तरास्ट्रिय मेलामा नेपाल पनि सक्रिय सहभागी हुने भएको छ । एम्बेसी फेस्टिवल नामले परिचित उक्त मेलामा नेपाललाई आकर्सक ढंगले सहभागी गराउन नेपाली दुताबास सहित नेदरल्यान्ड्स का सबै संघसंथाहरु तिब्र गतिमा जुटेको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिसद नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्मा ( मनोहरि ) जानकारी गराए ।

नेपाली दुताबास , नेदरल्यान्ड्सका लागि जनरल कन्सुलेट ,नेदरल्यान्ड्सका लागि पर्यटन दूतहरु ,एन आर एन ए अन्तरास्ट्रिय परिषद अन्तर्गतको सस्कृति तथा सम्पदा प्रवर्धन समिति , एन आर एन ए रास्ट्रिय परिषद नेदरल्यान्ड्स , नेपाली जनसम्पर्क समिति , नेपाल समाज नेदरल्यान्ड्स , प्रवासी नेपाली मंच , अन्तरास्ट्रिय नेपाली कलाकार समाज ( ईनास ) , हिमचुली कला समूह , अन्तरास्ट्रिय नेपाली समाज लगायत नेदरल्यान्ड्समा रहेका अन्य विभिन्न सामाजिक ,सांस्कृतिक र ब्यबसाहिक संघसंथाहरुको सामुहिक सहभागिता रहने यस मेलामा बिशेस गरि नेपाललाई अन्तरास्ट्रिय स्तरमा परिचित गराउदै नेपालको पर्यटन प्रवर्धन अभियान २०२० लाइ सघाउ पुर्याउन उच्च महत्व दिइने नेपाली दुताबास ले प्रस्ट परेको छ ।

बिशाल हिमाली शृंखलामा रहेको एउटा सुन्दर देश नेपाल जस्को प्राकृतिक सौन्दर्य ,जैविक बिबिधता , जातीय भाषिक र सामाजिक बिबिधताका साथै ऐतिहासिक र सांस्कृतिक सम्पदाको लागि प्रशिद्ध रहेकाले नेपालको भ्रमण गरि त्यहाको सुन्दर प्राकृतिक सम्पदाको अवलोकन गर्न अन्तरास्ट्रिय छेत्रलाई ध्यान केन्द्रित गराउन र नेपाली हस्तकलाका बस्तुहरु हेर्न र बिक्रि गर्न समेत ब्यबस्था मिलाइएको नेपाली दुताबासले जानकारी गराएको छ ।

विश्वको करिब ६७ भन्दा बढी देशको सहभागिता रहने नेदरल्यान्ड्स को द हेग शहरमा हरेक बर्ष आयोजना हुदै आएको यस्तो अन्तरास्ट्रिय मेलामा नेपाललाई चौथो पटक सहभागी गराईन लागिएको हो ।

द्रोण रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *