तमु समाज यूकले ३३ हजार पाउण्ड संकलन

tamusamajलण्डन |

लण्डनस्थित तमु समाज यूकले ३३ हजार पाउण्ड रकम संकलन गरेको छ | समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले भने अगष्टसम्म संकलन कार्य जारी रहने भएकाले कम्तीमा ५० हजार पाउण्ड उठाउने लक्ष्य समाजको छ ।

उक्त संकलित रकम २४ हजार पॉउण्ड सस्थाको बैंक अकाउंट मा जम्मा भएको छ भने अरु बाकी छिट्टै उठ्ने समाजका अध्यक्षले जनाएका छन |

नेपालमा गएको विनाशकारी भूकम्पले धेरै नै धन जनको नस्ट भएको र लाखौ मानिसहरु खुल्ला आकाशमुनि रात बताइरहेको देख्दा विपत्तिका बेला आफूले जे सकिन्छ त्यही गर्नु नै मानवीय धर्म र कर्तव्य हो । यसै कुरालाई आत्मसात गर्दै समाजले यतिबेला विभिन्न स्थानका भूकम्प पीडित समुदायमाझ पुगेर राहतको मल्हम लगाउन नपाएपनी आफ्नो कर्मथलो बेलायतमा समय मिलाएर समाजले संकलित रकममध्ये भूकम्प पीडितहरुलाई प्रदान गर्ने निर्णय गरेको छ । विशेष गरि पर्याप्त राहत नपुगेका गोर्खा, लमजुङ र कास्कीका एक एक वटा दुर्गम गाउंमा राहत बांड्ने योजना समाजको रहेको संस्थापक अध्यक्ष गुरुङले जनाए । पहिलो चरणको राहतका लागि समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङ भोली बुधवार नेपाल जाने भएका छन् । उनले शुरुमा १५ लाख रुपैंया खर्चने जनाइएको छ ।