लन्डन । बेलायतमा स्थापित ‘सयपत्री नेपाली सांस्कृतिक समूह यूके’ मा नयां नेतृत्व चयन भएको छ ।गत ७ मार्च वकिङ मेबरी सेन्टरमा सम्पन्न ‘सयपत्री समूहको चौथो अधिवेशनले पुन: डम्बर सिंहको अध्यक्षतामा (२०२० –२०२२) सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो ।
नयां कार्यसमितिको उपाध्यक्षमा दिपक शाही, महासचिव गौरब क्षत्री, सचिब डा. दीपक जिसी, कोषाध्यक्ष सुश्री अभिशा गुरुङ, सह-कोषाध्यक्ष सुश्री गीता केसी र सदस्यहरुमा दिनेश अर्याल, श्रीमती बन्दना खत्री, राजेन्द्र बुढाथोकी, शिव कंडेल र बिबेक बोहोरा चयन भएका छन् ।
सोही अधिवेशनमा राजेन्द्र क्षेत्री राजकुमार सुनार, बुद्दि गुरुङ, श्रीमती आशा राई, शिवजी श्रेष्ठ, खिम खत्री, पदमा गुरुङ, अमृत गुरुङ, बाम गुरुङ, मनोज अन्जान र शशी गुरुङलाई सल्लाहकार मनोनित गरिएको छ ।
सो आधिवेशनमा निर्वाचन मन्डलको भूमिकामा संयोजक राजकुमार सुनार र सदस्यहरुमा राजेन्द्र क्षेत्री र नवराज घले थिए ।
‘नेपाली कला संस्कृति नै राष्ट्रको पहिचान हो’ भन्ने मुल नारा बोकेर स्थापित उक्त समूहले बिगत १४ बर्षदेखि बेलायतका अधिकांश स्टेज कार्यक्रममा नाचगानमार्फत नेपाली कला संस्कृति प्रस्तुत गर्दै आएको छ ।






