लन्डन। एनआरएनए युकेको आसन्न निर्वाचन आउंदो २२ जुलाईमा हुँदैछ । यसपटकको अधिबेशनमा निकै कडा भिडन्त हुने पक्का छ ।
यसै बीच आगामी जुलाइ २२ शनिबार निर्धारित निर्वाचन अन्तर्गत आइसीसी सदस्य पदमा विष्णु चालिसे चर्चित उम्मेदवार बनेका छन् ।
मिडल्याण्डका युबा व्यवसायी सक्रिय समाजिक अभियन्ता विष्णु चालिसेले चुनावी कार्यक्रम तिव्र पारेका छन् । लामो समयदेखि बेलायतको मिडल्याण्डमा रहेर विभिन्न संघ-संस्थाहरूको महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका विष्णु चालिसे भद्र र शालिन व्यक्तिको रूपमा परिचित छन् ।
इमान्दारी पूर्वक थुप्रै सामाजिक संघसंस्थाको अनुभव र एनआरएनए अभियानमा वर्षौंको संलग्नतापछि उनी संस्थालाई गतिशिल नेतृत्व प्रदान गर्ने अठोट सहित आइसीसी सदस्यका लागि मैदानमा उत्रिएका छन्।
बेलायतवासी नेपालीहरुको बृहत्तर हितमा योगदान गर्ने अभिलाषा सहित आफूले गैरआवासीय नेपाली संघ युकेको एनआरएनए आइसिसी सदस्यमा रहेर काम गर्न चाहेको चालिसेले लन्डन नेपाल न्युजलाई बताए।
एनआरएन भित्र संस्थाको गिरेको साख माथि उठाउने अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने, संस्थामा सबैको अपनत्व महशुस हुने गरी साझा र समावेशी बनाउनेजस्ता एजेन्डा आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
‘अझै बढी योगदान गर्छु भनेर फेरि बेलायतवासी नेपालीमाझ आएको छु।पक्कै साथ, समर्थन पाउनेछु भन्ने आशा लिएको छु भन्दै उनले
आफूलाई जिताउन सबै लाई आग्रह गरेका छन् ।नेपालको बाग्लुङ जिल्ला गल्कोट नगरपालिकामा जन्मिएका चालिसे मिड्ल्यान्डको नोटिघम शहरमा बस्दै आएका छन् ।






