पूर्वी पहाडी जिल्लामा बाढी आउन सक्ने

काठमाडौं– पूर्वी पहाडी जिल्लाका स–साना खोलामा बिहीबार आकस्मिक बाढी आउनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले बिहीबार एक बुलेटिन प्रकाशित गरी आजबाट तीनदिनको मौसम र बाढीबारे जानकारी दिएको हो ।

बिहीबार ओखलढुङगा, दोलखा, ताप्लेजुङ, तेह्रथुम, इलाम संखुवासभालगायतका जिल्लाका साना खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको बुलेटिनमा देशका प्रमुख तथा ठुला नदीहरुमा भने पानीको सतह सामान्य रहने उल्लेख छ । त्यस्तै शुक्रबार कोसी, वागमती, नारायाणी,पश्चिम राप्ती, बबई, कर्णाली लगायतका नदीमा बाढी आउने सम्भावना नरहेको जनाइएको छ ।

विभागले पुर्वी पहाडी जिल्लाका ससाना नदी आसपासका बासिन्दालाई सचेत रहन पनि आग्रह गरेको छ ।