लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले पराराष्ट्र मन्त्री एन पी (नारायण प्रकाश) साउदको उपस्थितिमा एक अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य समेत रहेका माननीय पराराष्ट्र मन्त्री साउदसँग आउँदो ८ मे २०२३ साँझ ५ बजे साउथ ह्यारोको गोल्डेन सीप रेस्टुरेन्टमा कार्यक्रम हुने समितिका सभापति युवराज गुरुङले जनाए ।
सभापति युवराज गुरुङले भूतपूर्व गोर्खा, गैर आवासीय नेपाली तथा सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्थावान नेपालीहरुसंग भेटघाट तथा अन्तरकृया राखिएको उल्लेख गर्दै उपस्थितिका लागि अनुरोध गरेका छन् । परराष्ट्रमन्त्री साउद बेलायती राजा चार्ल्स तृतीयको ६५ मेमा हुने राज्याभिषेकमा सहभागी हुन अहिले लन्डनमा छन् ।
यस्तो छ कार्यक्रम :






