बेलायतको गुल्मेली मेलामा धमाका मच्चाउदै यी चर्चित कलाकार पन्चे बाजा देखि नेपाली संस्कृति सम्म अरु के के छन् ?

लन्डन । गुल्मी जिल्ला समाज यूकेको गुल्मेली मेला अगष्ट ३ तारिख आइतबार हुने भएको छ ।

समाजको १७औं वार्षिक मेला लन्डन फेल्थामको ट्युडोरपार्क स्पोर्टस् ग्राउन्डमा हुने भएको हो।

कार्यक्रममा विशेष आकर्षण प्रथम नौमति बाजा यूकेको प्रस्तुति लोकदोहोरी गायक अर्जुन कुंवर रेणुका भट्टराई, सृष्टि पुन र सीता परियार लगायत कलाकारले सांगीतिक प्रस्तुति दिने राराको लाइभ कुकिङ् रहेको समाजका महासचिव महलाल घिमिरेले जानकारी दिए ।

कार्यक्रमका संयोजक एवम् समाजका सल्लाहकार रिटायर्ड क्याप्टेन ताम ढेगाले तयारी व्यापक गरिएको बताए ।

आयोजक गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापाले उक्त मेलामा सम्पूर्ण बेलायतवासी नेपालीलाई उपस्थित हुन आग्रह गरेका छन् ।

बेलायतमा सन् २००७ मा तत्कालीन अध्यक्ष ओम प्रसाद थापा काउछाको कार्यसमितिले शुरु गरेको गुल्मेली मेला सबै गुल्मेली लाई समेटेर व्यापक बन्दै गएको छ।