नयाँ बर्ष २०२१ को अवसर पारी चलचित्र “तीन जन्तु” सार्वजनिक गर्ने तयारी

पोखरा । नेपाली कथानक चलचित्र “तीन जन्तु” चाँडै प्रदर्शन गर्ने गरी तयारी भइरहेको छ । अग्रेजी नयाँ वर्ष २०२१ को दिन अर्थात आउनेपौष १७ गतेबाट चलचित्र रिलिज गर्ने गरी तयारी थालिएको हो । जस अनुसार चलचित्रको टिजर सार्वजनिक पनि भइसकेको छ । टिजर ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निर्माणकर्ता मध्येका एक सन्तोष अधिकारीले चलचित्र रिलिज गर्ने विषयमा आफूहरु तयार भएपनि कोरोना महामारीको कारण केही प्रभावित भने हुन सक्ने जानकारी दिए । निर्माताहरुले पत्रकार सम्मेलन गरेर नै यस बारेमा जानकारी गराउन खोजेका थिए । तर परिस्थिती सहज नभएको कारण टिजर सार्वजनिक गर्दै चलिचित्र तयार भइरहेको बारे जानकारी दिएका हुन् ।

चलचित्रमा २०३० सालको सेटिङ्ग राखी दुई भरियाहरुको कहानी प्रस्तुत गरिएको छ । कथाबस्तु एउटा घर, दुईजना चोर, एकजना रहस्यमय युवती अनि दुईवटा बाकस वरिपरी नै धुम्ने छ भने भरियाको रुपमा सौगात मल्ल र अर्पण थापाले भूमिका निभाएका छन् । सोही समयको झझल्को आउने गेटअपमा उनीहरु देखिएका छन् । सन्तोष अधिकारी, केल्ली जोय र हरि तामाङले निर्माण गरेको उक्त चलचित्रमा सौगात मल्ल, अपर्ण थापा, सृष्टि श्रेष्ठ, रोविन तामाङ लगायतका कलाकारको अभिनयले चलचित्रलाई मिठासपूर्ण बनाउने विश्वास लिएको उनीहरुले बताए । छाँयाङ्कनको कार्य करिब अन्तिम चरणमा पुगेको निर्माताहरुले बताए । त्यसैगरी फिल्ममा आलोक शुक्लाले छायाकंनमा र मिलन श्रेष्ठले सम्पादन रहेको चलतित्रमा एएसएपी इन्टरटेनमेन्ट, एटिएफ प्रोडक्सन र फस्ट थिङ्क इन्टरटेन्मेन्टको व्यानरमा निर्माण रहने छ ।

हेरौ टिजर